किंगफिसर बियर खाँदा मलेसियामा १९ जनाको मृत्यु, धादिङका घलेसहित तीन नेपालीको सनाखत



हाम्रो इकोनोमि

 

 

किंगफिसर बियर,  मण्डले ह्विस्की र  ग्राण्ड रोयल ह्विस्की खाँदा मलेसियामा १९ जनाको ज्यान गएको छ । रक्सी खाएर ज्यान गुमाउने मध्ये चार जना नेपाली रहेका छन । चार नेपाली मध्ये तीन जनाको सनाखत भएको छ ।

 

मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलका अनुसार सञ्जय उराव र विशाल बुढाथोकीको सनाखत भएको छ ।

 

त्यस्तै धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीका २४ वर्षीय विकास घले रहेका छन । घलेको मत्युको उनीहरूको परिवारले पनि पुष्टि गरेको छ ।

 

मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलाशा भएको छ ।

 

बिरामीको शरीरबाट निकालिएको रक्सीको नमुना बजारमा पाइने रक्सीको नमुनाको टेष्ट हुने उनले बताएका छन् ।

 

बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...