किंगफिसर बियर खाँदा मलेसियामा १९ जनाको मृत्यु, धादिङका घलेसहित तीन नेपालीको सनाखत



हाम्रो इकोनोमि

 

 

किंगफिसर बियर,  मण्डले ह्विस्की र  ग्राण्ड रोयल ह्विस्की खाँदा मलेसियामा १९ जनाको ज्यान गएको छ । रक्सी खाएर ज्यान गुमाउने मध्ये चार जना नेपाली रहेका छन । चार नेपाली मध्ये तीन जनाको सनाखत भएको छ ।

 

मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलका अनुसार सञ्जय उराव र विशाल बुढाथोकीको सनाखत भएको छ ।

 

त्यस्तै धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीका २४ वर्षीय विकास घले रहेका छन । घलेको मत्युको उनीहरूको परिवारले पनि पुष्टि गरेको छ ।

 

मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलाशा भएको छ ।

 

बिरामीको शरीरबाट निकालिएको रक्सीको नमुना बजारमा पाइने रक्सीको नमुनाको टेष्ट हुने उनले बताएका छन् ।

 

बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...