यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ



हाम्रो इकोनोमि

 

 

सार्वजनिक स्थानमा यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–६ विहिबारे निवासी सुमन लिम्बु असोज १ गते र उनका बाबु तेजबहादुर लिम्बु भदौ ३१ गते पक्राउ परेका हुन् ।

 

गत भदौ २१ गते दिउँसो छोरा सुमनले बाटोमा निस्केर यौनाङ्ग देखाएको र बाबुले छोरालाई प्रोत्साहन गरेको भनि छिमेकीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले जानकारी दिए ।

दुवैलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काँसीनाथ रेग्मीले बताए ।

 

नयाँ मुलुकी संहिता अनुसार सार्वजनिक स्थलमा यौनाङ्क देखाउनेलाई १० वर्षभन्दा माथीका व्यक्तिलाई ६ महिनासम्म कैद हुने व्यवस्था छ ।

 

यसैबीच जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका मैवाखोला गाउँपालिका–५ का कमल लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

 

भदौ ४ गते १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भदौ ६ गते पक्राउ परेका २३ वर्षीय लिम्बुलाई अदालतले मंगलबार उक्त आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...