यातायात व्यवसायी फेरि आन्दोलित : दशैका लागि अग्रिम टिकट बुकिङ नखोल्ने !



हाम्रो इकोनोमि

 

इन्धनको मूल्य बढाएको र सरकारले हरेक पटक दुखः दिन खोजेको भन्दै यातायात व्यवसायी फेरि आन्दोलित बनेका छन् । उनीहरुले सरकारले इन्धनको मूल्य नघटाएर पुरानै मूल्यमा दशैंको अग्रिम टिकट खुल्ला गर्न नसक्ने भन्दै आन्दोलित बनेका हुन् ।

उनीहरुले असोज ५ गतेबाट दशैका लागि अग्रिम टिकट बुकिङ नखोल्ने समेत चेतवानी दिएका छन् । यातायात व्यवसायीहरु र यातायात व्यवस्था विभागले आइतबार मात्रै दुई घन्टासम्म वैठक बसेर असोज ५ गतेदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

यद्यपि मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पछिल्लो समय सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै बढेको मूल्य फिर्ता नलिए महासंघले अग्रिम बुकिङ खुला गर्न बाध्य नहुने स्पष्ट पारेको छ ।

 

महासंघकाअनुसार  यातायत व्यवस्था विभागसँग भएको सहमति बमोजिम यातायात व्यवसायीले असोज ५ अर्थात शुक्रबार बुकिङ खुलाउने तयारी गरिरहेको अवस्थामा एक्कासी मंगलबारदेखि लागू हुने गरी सरकारले प्रतिलिटर पेट्रोलमा २, डिजल र मट्टीतेलमा ३ रुपैयाँ बढाएको छ ।

त्यस्तै दुई हप्ताअघि भदौ २० गते राति १२ बजेदेखि लागू हुने गरि पनि प्रतिलिटर पेट्रोलमा १, डिजेल÷मट्टीतेलमा ३, प्रतिसिलिन्डर ग्याँसमा २५ रुपैयाँ बढाएको थियो ।

 

महासंघका अध्यक्ष योगदेन्द्रनाथ कर्माचार्यले यी मूल्य वृद्धिलाई सरकारले ४८ घन्टाभित्रमा फिर्ता लिन अपिल गरेका छन् । यदि महासंघको अपिलको सुनुवाइ नभए दशैको लागि अग्रिम टिक बुकिङ खुला नगर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...