स्याङ्जाका कुँवर पर्सामा लागुऔषधसहित पक्राउ



हाम्रो इकोनोमि

 

भारतबाट अवैध लागुऔषध लिएर नेपाल आउँदै गरेका स्याङ्जाका एक युवा पर्सामा पक्राउ परेका छन्।

भारतको रक्सौलबाट पर्सा स्थित वीरगन्ज भंसारको बाटो भई नेपाल आउँदै गरेको अवस्थामा ती युवा पर्सामा पक्राउ परेका हुन्।

ड्यूटिमा खटिएको राजश्व तथा भंसार गस्ती गुल्मको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा वीरगन्ज भंसार एरियाबाट ७५ थान तयारी अवस्थाको अवैध लागुऔषधसहित उनलाई पक्राउ गरिएको राजश्व तथा भन्सार गस्ती गुल्मका गुल्मपति तिलक बहादुर खड्काले बताए।

पक्राउ पर्ने युवा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका–२ देविमानका ३८ वर्षीय दिपक कुँवर रहेछन् उनले भने।

कुँवरले झोलामा लुकाई छिपाई मुख्य भन्सारको बाटो प्रयोग गरी तयारी अवस्थाको डाइजोल्याव २५ थान, नोर्फिन २५ थान र फेनार्गन २५ थान गरी जम्मा ७५ थान ल्याएका रहेछन्।

त्यो अवैध लागुऔषध र अभियुक्त कुँवरलाई राजस्व तथा भन्सार गस्ती गुल्मको शसस्त्र प्रहरी टोली नियन्त्रणमा लिई थप अनुसन्धानको लागि नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय इनर्वाको जिम्मा लगाइएको शसस्त्र प्रहरी नायब उपरिक्षक तथा गुल्मपति खड्काले बताए।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...