किन गए एसपी मर्निङ वाक गर्दै निर्मला पन्तको घर ?



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना देशभर चर्चाको विषय बनिरहेका बेला कञ्चनपुरका एसपी कुबेर कडायत मंगलबार बिहानै हिँडेर घरमा पुगेका छन् ।

 

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट झण्डै ३ किलोमिटर टाढा रहेको स्व। निर्मला पन्तको घरमा एसपी ‘मर्निक वाक’ गर्दै बिहान ७ बजे नै पुगेका हुन् ।

 

एसपी कडायत घरमा पुगेर सोमबार साँझ काठमाडौंबाट फर्किएका स्व। निर्मलाका आमाबुवालाई भेटेका छन् । उनी २०–२५ मिनेट निर्मलाको घरमा बसेका थिए । निर्मलाका आमाबुवा काठमाडौंबाट फर्किएकाले भेटघाट गर्न गएको एसपी कडायतले बताए । एसपी कडायत २ जना सुरक्षा गार्डसहित सादा पोशाकमा निर्मलाको घर पुगेका थिए ।

 

एसपी कडायतले घरमा आएको भेटघाट गरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । ‘अरु कुरा केही भन्नुभएन । सामान्य कुराकानी नै भयो,’ पन्तले भने, ‘बरु हत्यारा पत्ता लगाउने विषयमा के भइरहेको छ भनेर मैले सोधे । उहाँले खासै केही उपलब्धी हुन नसकेको बताउनुभयो ।’

 

न्याय माग्न काठमाडौं आएका निर्मला पन्तका आमाबुवा सोमवार घर फर्किएका छन् । दुवै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा पत्ता लाग्ने आश्वासन दिँदै घर फर्किन आग्रह गरेका थिए । काठमाडौंमा रहँदा निर्मलाका आमाबुवाले विभिन्न संघसंस्था, नेता, प्रधानमन्त्री, मन्त्री लगायतसँग हत्यारा पत्ता लगाउन प्रभावकारी भूमिकाका लागि आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...