कालिमाटीका थप ५२ स्टल खारेज, २५ वटालाई सफाइ



हाम्रो इकोनोमि

 

सरकारले कालिमाटी तरकारी बजारका ५२ स्टल खारेज गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बैठकले ती स्टलहरु खारेज गर्ने निर्णय गर्को कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।

बैठकले २५ वटा स्टललाई सफाइ दिने र सामान्य त्रुटी देखिएको १५ वटा स्टललाई खारेज नगरी थप कागजात माग गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले गरेको अनुगमनका क्रममा तरकारी बजारको ९८ वटा स्टल रातो सूचीमा परेका थिए । तीमध्ये यसअघि नै ६ वटा खारेजीमा परेका थिए ।

रातो सूचीमा परेपछि स्पष्टीकरण सोधिएको सबै ९८ स्टल सञ्चालकमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

न्युनतम १०-१२ हजारदेखि २० हजारसम्म स्टल भाडा तोकिएकोमा यी मध्येका धेरैले ४ देखि ५ लाख रुपैयाँसम्म लिएरै अर्कैलाई पसल चलाउन दिएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...