कालिमाटीका थप ५२ स्टल खारेज, २५ वटालाई सफाइ



हाम्रो इकोनोमि

 

सरकारले कालिमाटी तरकारी बजारका ५२ स्टल खारेज गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बैठकले ती स्टलहरु खारेज गर्ने निर्णय गर्को कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।

बैठकले २५ वटा स्टललाई सफाइ दिने र सामान्य त्रुटी देखिएको १५ वटा स्टललाई खारेज नगरी थप कागजात माग गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले गरेको अनुगमनका क्रममा तरकारी बजारको ९८ वटा स्टल रातो सूचीमा परेका थिए । तीमध्ये यसअघि नै ६ वटा खारेजीमा परेका थिए ।

रातो सूचीमा परेपछि स्पष्टीकरण सोधिएको सबै ९८ स्टल सञ्चालकमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

न्युनतम १०-१२ हजारदेखि २० हजारसम्म स्टल भाडा तोकिएकोमा यी मध्येका धेरैले ४ देखि ५ लाख रुपैयाँसम्म लिएरै अर्कैलाई पसल चलाउन दिएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...