प्रहरी प्रमुख खनालले एसएसपीसहित ५ सय प्रहरीमाथि किन गरे कारबाही



हाम्रो इकोनोमि

नेपाल प्रहरीका पाँच सय जना कार्बाहीमा परेका छन् । कार्बाही पर्नेमा बरिष्ठ प्रहरी उपरीक्षकदेखि कार्यालय सहयोगीसम्म छन् ।

पछिल्लो चार महिनामा प्रहरी प्रधान कार्यालयले नियमावली विपरीत काम गर्ने ४९४ प्रहरीलाई कार्बाही गरेको हो । वैशाखमा २ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित १६५ जना कार्बाहीमा परेका थिए ।

३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा एसएसपी दिवेश लोहनी र एसएसपी श्याम खत्री निलम्बनमा परेका थिए । संगठनको नीति विपरित गतिविधि गर्ने ४ प्रहरी कर्मचारीलाई बर्खास्त गरिएको छ ।

यस्तै विभिन्न दर्जाका ७५ प्रहरीलाई नसिहत दिइएको थियो । १२ को ग्रेड रोक्का, ९ को ग्रेड घटुवा, ९ को पदोन्नति रोक्का, एक जनाको पद घटुव र २२ जनालाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जेठमा ३६ जना प्रहरीलाई कार्बाही गरिएको छ । असारमा १६५ जना प्रहरी कार्बाहीमा परेका छन् । तीमध्ये १४ जना निलम्बनमा परेका छन् भने बाँकीलाई कसुर अनुसारको कार्बाही गरिएको छ ।
साउनमा १२९ जना प्रहरीलाई विभिन्न कार्बाही गरिएको छ ।

महानिरीक्षक नियुक्त भएपछि सर्वेन्द्र खनालले संगठन सुधारका लागि १० बुँदे योजना सार्वजनिक गरेका थिए । यही अवधिमा प्रधान कार्यालयले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत पनि गरेको छ । ४ महिनामा १ हजार ३५३ जना प्रहरी पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...