श्रीमान डेढ वर्षदेखि विदेशमा, चार महिनाको गर्भ बोकेर श्रीमती जिप्रकामा



हाम्रो इकोनोमि

 

श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो ।

यता श्रीमतीको पेटमा भने चार महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए ।

जेठी छोरी अहिले कक्षामा ८ मा अध्ययन गर्दैछिन् । सानो छोरा दुई वर्षको भयो, उनको जीवन सुःख दुःख चल्दै थियो तर केही महिना एकाएक महिनावरी रोकिएपछि ३५ वर्षीय उनी मर्छु भनेर हिँडिन् ।

घरका आफन्तले थाहा पाए, अनि उनलाई बचाएर ल्याए । वैशाखदेखि नै छिमेकी देवरसँग यौन सम्बन्ध हुदै आएको उनले बताइन् । जेठ १० गते महिनावरी रोकिएपछि मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन् ।

भोटसीपाको घटना हो यो । नीता (नाम परिवर्तन) देवर नाता पर्ने युवकसँगको सम्बन्धका कारण समस्यामा परेकी छन् । युवक हाल फरार छन् । महिला न घरमा बस्न सक्ने अवस्था छ न माइतीमा । शक्ति समूहले सञ्चालन गरेको सुधार गृहमा बसिरहेकी उनी न्याय माग्न जिल्ला प्रहरी कार्यालय आएकी छन् ।

‘उसको र मेरो घर सँगै हो, एकोहोरो फकायो । पटक पटक सम्बन्ध राख्दै गयो, मेरो घरमा नै आएर सम्बन्ध राख्थ्यो । डर धम्की दिएर पनि सम्बन्ध राख्यो । अहिले मेरो वेहाल बनायो’ केही आफन्तसहित जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी उनी डीएसपी विमलराज कँडेलसँग आफ्नो वेदना सुनाइन् ।

महिलालाई श्रीमानले फोन गरेर आफ्नो घरमा नबस्ने धम्की दिइसकेका छन् । ‘उहाँले केही दिन अघि फोन गर्नुभएको थियो, म बोल्नै सकिन, अब मेरो घरमा बस्नुपर्दैन भन्नुभयो’ नीताले उनले भनिन् ।

छिमेकीले थाहा पाएपछि युवकको जिम्मा लगाउन खोजे पनि उनी फरार रहेकाले घटना प्रहरी कार्यालयसम्म आइपुगेको हो । पछिल्लो पटक भएको सम्बन्धको आधारमा प्रहरीले युवकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

दुई महिनामा चार बलत्कार

सिन्धुपाल्चोकमा दुई महिनाका बीचमा बलात्कारका चार घटना भएका छन् । १३ वर्षकी बालिकादेखि ५२ वषर्ीया समेत बलात्कारका शिकार भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...