आफ्नै विद्यार्थीलाई अश्लिल सामग्री पठाएको आरोपमा नार्कका डाक्टर पक्राउ



हाम्रो इकोनोमि

 

आफ्नै विद्यार्थीलाई फेसबुकबाट अश्लिल सामग्री पठाएको आरोपमा ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का एक वरिष्ठ भेटेरिनरी डाक्टर पक्राउ परेका छन् ।

आफ्नो गोप्य अङ्गको भिडियो तथा फोटो बनाएर एक छात्रालाई पठाएको आरोपमा प्रहरीले ५५ वर्षीय डा. मेघराज तिवारीलाई पक्राउ गरेको हो । डा. तिवारी नार्कमा पशु आहार महाशाखामा मुख्य वैज्ञानिकका रूपमा कार्यरत छन् ।

काठमाडौंको कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एन्ड टेक्नोलोजी (हिकास्ट) का शिक्षक रहेका तिवारीले आफ्नै छात्रालाई यौन दुव्र्यवहार गरेको तथा अश्लिल सामग्री पठाएर मानसिक यातना दिएको आरोप लागेको छ ।

छात्राको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । डा. तिवारीलाई ७ दिनको म्याद थप गराएर महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ । महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले उजुरीमाथि अनुसन्धान भइरहेको बताए ।

डा. तिवारीबाट पीडित भनिएकी युवती विक्षिप्त अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । कलेज पढ्न छाडेर गृह जिल्ला मोरङ पुगेकी उनी बाहिरी मान्छे देख्ने बित्तिकै डराउने र मानसिक रूपमा बिरामी देखिएकाले उनको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

युवतीले आफूलाई डा. तिवारीले यौन दुव्र्यवहार समेत गरेको दाबी गरे पनि जाहेरी भने विद्युतीय कारोबार ऐनअन्तर्गत मात्र परेको छ । तिवारीले मदिरा सेवन गरेका बेला एक पटक आफूले छात्रालाई अश्लिल म्यासेज पठाएको स्वीकार गरेको प्रहरीले जनाएको छ । तर, यौन दुर्व्यवहार गरेको आरोप भने अस्वीकार गरेका छन् ।

घटनामा छात्राको पनि बदनियत देखिएको प्रहरीले जनाएको छ । डा. तिवारीले अश्लिल फोटो र भिडियो पठाउनुअघि छात्राले पटक–पटक डा. तिवारीलाई अश्लिल सामग्री पठाउने गरेको अनुसन्धानमा पाइएको छ ।

‘पहिले छात्राले नै तिवारीलाई पटक–पटक आफ्ना गोप्य अङ्गको फोटो र भिडियो पठाएको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि तिवारीले पनि अश्लिल सामग्री पठाएपछि त्यसलाई आधार बनाएर युवतीले उजुरी दिएको अनुसन्धानमा देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...