प्रहरी आफैले बन्दुक बोकाएर फसाएको भन्दै यसरी घेरे चौकी



हाम्रो इकोनोमि

 

निर्दोष व्यक्तिहरूलाई प्रहरीले फसाउन खोजेको भन्दै रौतहटको वृन्दावन नगरपालिका वि श्रामपुर टोलका स्थानीय बासिन्दाले सोमबार प्रहरी चौकी घेराउ गरेका छन्।

 

आफूलाई सादा पोसाकको प्रहरी बताउने एक व्यक्तिले रौतहटको वृन्दावन नगरपालिका एक युवकलाई बन्दुक दिएर फसाउन खोजेको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका हुन्।

 

आइतबार साँझ वि श्रामपुरबाट चन्द्रनिगाहपुर आउन लागेका दोजेलाल पटेलको मोटरसाइकलमा सहयोग मागेर आउँदै गरेका सन्तोष पटेलको साथमा रहेको झोलाबाट एक थान नलकटुवा प्रहरीले बरामद गरेको थियो।

 

सादा पोसाकको प्रहरी बताउने चन्द्रपुर नपा १० का रामबाबु पटेलले सो झोला सन्तोषलाई बोक्न दिएको र पछि रामबाबुले प्रहरीलाई खबर गरेको स्थानीयको आरोप छ।

 

तीनजनासँगै मोटरसाइकलमा वि श्रामपुरबाट बाल्चनपुर जाँदै गरेको र मोटरसाइकलमा हावा कम भएपछि आफू उत्रिएको रामबाबुले बताए।

 

आफू प्रहरी नभएको र खेती किसानी गर्दै आएको बताउँदै रामबाबुले बन्दुकसहित पक्राउ परेका दुवै निर्दोष रहेको प्रहरी चौकीमा स्थानीयवासी तथा जनप्रतिनिधि सामू स्विकार गरेका छन्।

 

बन्दुक भएको झोला बोक्न दिएर दोजेलाल र सन्तोषलाई फसाउन खोजेको भन्दै सोमबार बिहान सयौं स्थानीयवासीले विश्रामपुर प्रहरी चौकी घेराउ गरेका थिए।

 

दुवैजना निर्दोषलाई फसाउन बन्दुक भएको झोला दिएको भन्दै स्थानीयले सादा पोसाकको प्रहरी बताउने रामबाबुलाई नियन्त्रणमा लिएर प्रहरी समक्ष बुझाएका थिए।

 

रामबाबुलाई विश्रामपुरबाट इलाका प्रहरी कार्यालय गरुडा लैजाने क्रममा स्थानीय र प्रहरीबीच विवाद भएको थियो।

 

स्थानीयले निर्दोष रहेका दोजेलाल र सन्तोषलाई छोड्न भन्दै दवाब दिएपछि सामान्य झडप भएको थियो। रामबाबुले पनि बरामद भएको बन्दुक आफ्नो रहेको स्विकारेका छन्।

 

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...