पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढ्यो, निगमलाई अझै घाटा



हाम्रो इकोनोमि

 

नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजले/मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो । यससँगै अब पेट्रोलको बजारभाउ प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।

 

हवाईइन्धन र एलपी ग्यासको मूल्य भने नबढेको निगमका निर्देशक एवं प्रवक्ता ई. वीरेन्द्र गोइतले जानकारी दिए । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

 

निगमले २० भदौदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको थियो । निगमले स्वचालित मूल्य प्रणालीअनुसार दुई सातामै पेट्रोलियम पदार्थको भाउ बढाएपछि सर्वसाधारण मारमा परेका छन् ।

 

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट १६ सेप्टेम्बरदेखि लागू हुने गरी पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य हेरफेर गरेको उनले बताए ।

 

तर, निगमलाई अझै घाटा
दुई साताभित्रै दुईपटक पेट्रोलियम पदार्थको भाउ बढाए पनि आयल निगमलाई अझै घाटा रहेको गोइतले बताए । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमै ३१ करोड ३७ लाख रुपैयाँ घाटा हुने देखिएको उनले जानकारी दिए ।

 

‘भाउ बढाए पनि अझै निगमलाई पेट्रोलमा २.९२ रुपैयाँ प्रतिलिटर र डिजेलमा २.७२ रुपैयाँ प्रतिलिटर, ग्यासमा ३ सय ९ रुपैयाँ ७९ पैसा प्रतिसिलिन्डर घाटा हुनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर उकाले लाग्दा नेपाल पनि प्रभावित हुन पुगेको हो ।’

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...