न्याम्सको उपकुलपतिमा तीनजना सिफारिस, डिएन को बन्लान ?



हाम्रो इकोनोमि

 

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।

समितिले छनोटमा परेका ६ जनाको आइतबार कार्यपत्र प्रस्तुति सुनेको थियो । छनोट समिमतिले सिफारिस गरेका तीनमध्ये एक नम्बरमा डा. डिएन शाह, दोस्रोमा डा.ढुण्डी पौडेल र तेस्रो नम्बरमा डा अजित रायमाझी छन् ।

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवको नेतृत्वको सिफारिस समितिले उपकुलपतिमा सिफारिस गरेका तीनमध्ये डा. डिएन शाह यादव निकट मानिन्छन् । यादवले उनलाई उपकुलपति बनाउन चाहेका छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसँग यादवको छलफलपछि न्याम्सका अन्य पदाधिकारीको पनि भागबण्डा हुनेछ । न्याम्समा उपकुलपति सहित रजिष्टार रेक्टर पद पनि खाली भएको छ ।

तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्ऽ यादव, प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् । उपकुलपतिको नियुक्ति सोही सिफारिस अनुसार प्रधानमन्त्री तथा कुलपति ओलीले गर्नेछन् ।

यसैबीच न्याम्सका प्राध्यापक तथा विद्यार्थीहरुले न्याम्स सेवा बाहिरको व्यक्तिलाई उपकुलपति नमान्ने भन्दै सिफारिसप्रति विरोध जनाएका छन् । सिफारिस भएकामध्ये डा. पौडेलमात्र न्याम्समा कार्यरत छन् ।

तर वीरका प्रतिष्ठान सेवाका चिकित्सक, कर्मचारीहरू भने तटस्थ छन् । उनीहरुले वीर भित्रकै कर्मचारीहरू पदाधिकारी हुँदा प्रतिष्ठानको स्वायत्तता नभएको तथा कर्मचारी व्यवस्थापन र ट्रमा सेन्टरसमेत नियम अनुसार सञ्चालन नगरेको भन्दै अस्पताल बाहिर वा सेवा अवकाश प्राप्त चिकित्सकबाट उपकलुपति नियुक्ति हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...