अनुगमनमा मरेका बाख्रा भेटिए



हाम्रो इकोनोमि

 

 

तपाई हामीले काठमाडौंमा खाने गरेको मटन अर्थात् खसीको मासु बाख्राको पनि हुन सक्छ किनकी अधिकांश यात्रुबाहक बसमा विभिन्न जिल्लाबाट अस्वस्थ बाख्रा ल्याइने गरेको पाइएको छ ।

देशका विभिन्न भागबाट राजधानीमा आयात गरिने पशुपन्छी ढुवानीमा बेतिथी र मापदण्ड विपरीतका कार्य फेला परेका छन् ।

गत आईतबार रातीदेखि बिहानसम्म धुनीबेंसीको धाक्रेमाा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र पशु स्वास्थ्य विभागले पृथ्वीराजमार्गबाट काठमाडौं भित्रिने पशुपन्छीको ढुवानी र ओसार पसारको स्थलगत अनुगमन गरेको थियो ।

उक्त अनुगमनमा यात्रुबाहक बसको डिकीमा खसी भनेर बाख्रा ल्याइएको पाईएको छ । कतिपय बाख्राहरु बसको डिकीमै मरेका समेत भेटिए ।

झापाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४९० नम्बरको यात्रुबाहक बसको डिक्किमा कोचाकोच गरी ल्याइएका २४ मध्ये १७ वटा बाख्राथिए भने एउटा मरेको फेला परेको थियो । को १ च १७८१ नम्बरको बोलेरो जिप क्वारेन्टटाईनममा लेखिएको तर बाख्रा र खसी बसमा ढुवानी गरेको पाईएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका वरिष्ठ अधिकृत खगेन्द्र राज जोशीले बताए ।

अधिकांश बसले यसै गरी बाख्रा ओसारपसार गर्दै अएका छन् । ओसारपसार गरिने घरपालुवा पशुहरु स्वस्थ र स्त्रीचौपाया नभएको र प्रजनन क्षमता पनि नरहेको भन्दै पशु सेवाका डाक्टरले मनखुशी क्वारेन्टटाईन बनाई सिफारिस गरेको पाईएको छ । उनीहरु फिल्डमा नगएर सिधै क्वारेन्टाईनसिफारिसगरिदिने गरेका छन् ।

‘पशुहरुको स्वस्थ्य परीक्षण गर्ने पशु चिकित्सकहरुले यसो गर्न पाईदैन । गरेमा पशु ऐन २०६४ अनुसार २४ घण्टाभित्र उपस्थित हुने र दण्ड जरिवाना र लाईसेन्स जफत गर्ने नियम छ ।’ पशु स्वास्थ्य विभागका अधिकृत हरि कडेँलले बताए ।

बसका कन्डक्टर भने आफूहरुले १० वटा खसी डिकीमा राखेर ल्याएको तर यात्रुलाई कुनै अवरोध नगरेको र साना व्यावसायीहरुले थोरै ल्याउन पाउनुपर्नेबताए ।

५ वटा ट्रक, ७ वटा बस, एउटा मिनी ट्रक र ५ वटा जिपमा अनुगमन गरिएको थियो । सबै जसोले मापदण्ड पुरा नगरेको कार्यालयले जनाएको छ ।अनुगनमाका क्रममा राँगा ,भैंसी बोक्ने ट्रकले भने पुच्छर मुख बाँधेर यातना दिई ल्याएको पाईएको थियो । यस्ता ट्रकलाई पनि कागजात जफत गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीका लागि पत्र काटेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...