चार चालकसहित ५२ जना रहेको सौर्यको जहाजमा चरा ठोकिएपछि….



हाम्रो इकोनोमि

 

चार चालकसहित ४८ यात्रुसहितको सौर्यको जहाजमा आज चरा ठोक्किएको छ ।

 

काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्किएको हो । ९ एनएएमइ कल साइन भएको उक्त जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएपछि बायाँ इन्जिनभित्रको दुई ब्लेडमा क्षति पुगेको छ ।

जहाज मर्मत गरेपछि मात्रै उड्ने हुने त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताएका छन् । सोमबार बिहान पौने ९ बजे काठमाडौं विमानस्थलबाट उड्ने क्रममा चरा ठोक्किएको हो ।

पाइलटले उड्ने क्रममा केही ठोक्किएको जस्तो महसुस गरे पनि सामान्य भन्दै जहाज विराटनगर उडाएका थिए । जहाज अभिषेक राईले उडाएका थिए ।
बीच मार्गमा पुगेपछि जहाज थर्थराउन थालेपछि पाइलटले विराटनगर एयरपोर्टमा आपतकालीन अवतरणको लागि खबर गरेका थिए ।

नागरिक उड्ययन प्राधिकरण क्षेत्रीय कार्यालयका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार पाइलटले शुरुमा चरा ठोक्कियो भनेर ‘सस्पेक्ट’ मात्रै भएको र बीचमा डाउट भयो भनेर विराटनगर विमानस्थलमा जानकारी गराएका थिए ।

ढकालले भने, ‘पाइलटले काठमाडौं विमानस्थलमा नै चरा ठोक्किएको हो कि हैन भनेर कन्फर्म नभएकोले उडानलाई निरन्तरता दिएको बताए । बाटोमा इन्डिकेसन समस्या आएपछि विराटनगरमा ल्याण्ड गरियो ।’

जहाज विराटनगर विमानस्थलमा ग्राउण्डेड भएको छ । जहाजलाई नागरिक उड्ड्यन प्राधिकरणका प्राविधिकले जाँच गरिरहेको जनाइएको छ । आज बिहान विमनस्थलमा वरपर चराको गतिविधि बढेपछि इस्तानबुलका लागि उड्नुपर्ने टर्किस एयरलाइन्सको जहाज पनि करीव डेढ घण्टा डिले भएको थियो ।

टर्किस समय तालकाअनुसार बिहान ७ः३५मा उड्नुपर्ने जहाज ९ बजेर ७ मिनेटमा मात्रै उडेको थियो । धावन मार्गमा केही अवरोध आएपछि विमानस्थलले नोटम (हवाइकर्मीका लागि सूचना) जारी गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...