चार चालकसहित ५२ जना रहेको सौर्यको जहाजमा चरा ठोकिएपछि….



हाम्रो इकोनोमि

 

चार चालकसहित ४८ यात्रुसहितको सौर्यको जहाजमा आज चरा ठोक्किएको छ ।

 

काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्किएको हो । ९ एनएएमइ कल साइन भएको उक्त जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएपछि बायाँ इन्जिनभित्रको दुई ब्लेडमा क्षति पुगेको छ ।

जहाज मर्मत गरेपछि मात्रै उड्ने हुने त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताएका छन् । सोमबार बिहान पौने ९ बजे काठमाडौं विमानस्थलबाट उड्ने क्रममा चरा ठोक्किएको हो ।

पाइलटले उड्ने क्रममा केही ठोक्किएको जस्तो महसुस गरे पनि सामान्य भन्दै जहाज विराटनगर उडाएका थिए । जहाज अभिषेक राईले उडाएका थिए ।
बीच मार्गमा पुगेपछि जहाज थर्थराउन थालेपछि पाइलटले विराटनगर एयरपोर्टमा आपतकालीन अवतरणको लागि खबर गरेका थिए ।

नागरिक उड्ययन प्राधिकरण क्षेत्रीय कार्यालयका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार पाइलटले शुरुमा चरा ठोक्कियो भनेर ‘सस्पेक्ट’ मात्रै भएको र बीचमा डाउट भयो भनेर विराटनगर विमानस्थलमा जानकारी गराएका थिए ।

ढकालले भने, ‘पाइलटले काठमाडौं विमानस्थलमा नै चरा ठोक्किएको हो कि हैन भनेर कन्फर्म नभएकोले उडानलाई निरन्तरता दिएको बताए । बाटोमा इन्डिकेसन समस्या आएपछि विराटनगरमा ल्याण्ड गरियो ।’

जहाज विराटनगर विमानस्थलमा ग्राउण्डेड भएको छ । जहाजलाई नागरिक उड्ड्यन प्राधिकरणका प्राविधिकले जाँच गरिरहेको जनाइएको छ । आज बिहान विमनस्थलमा वरपर चराको गतिविधि बढेपछि इस्तानबुलका लागि उड्नुपर्ने टर्किस एयरलाइन्सको जहाज पनि करीव डेढ घण्टा डिले भएको थियो ।

टर्किस समय तालकाअनुसार बिहान ७ः३५मा उड्नुपर्ने जहाज ९ बजेर ७ मिनेटमा मात्रै उडेको थियो । धावन मार्गमा केही अवरोध आएपछि विमानस्थलले नोटम (हवाइकर्मीका लागि सूचना) जारी गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...