दुई लाख नक्कली भारतीय रकमसहित एकजना पक्राउ



हाम्रो इकोनोमि

 

 

नक्कली भारतीय रकम सहित कञ्चनपुरको बेलौरी क्षेत्रमा एक भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले ती भारतीय नागरिकलाई २ लाख नक्कली रकम सहित पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंह रहेका छन् ।

उनले भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीले ५ सय दरका २ लाख रकम सहित पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका वडा नम्बर ८ पचुई खप्टे नालाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक चुडामणि पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले सिंहलाई सो नक्कली नोटसहित पक्राउ गरेको हो ।

उनले नेपाल प्रवेश गरेर नक्कली भारतीय नोटको कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो ।

पक्राउ परेका भारतीय नागरिक सिंहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएका छ । ती भारतीय नागरिकले नेपालतर्फ समेत कसैसंग मिलेर कारोबार गर्ने गरेको छ वा छैन भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

गतवर्ष समेत प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले बेलौरी क्षेत्रबाटै नक्कली पैसा छाप्ने गिरोहका २ जनालाई पक्राउ गरेको थियो ।

ती गिरोहका दुईजनाले सीमावर्ती भारतीय गाउँमा बसेर नेपाली नक्कली रकम छपाईको काम गर्दै आएका थिए । प्रहरीले नक्कली नोट छाप्न आवश्यक पर्ने मेशिन सहितका सामाग्री र केही रकम समेत बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...