चिनियाँ क्रान्तिको उद्गमस्थल ऐनानमा प्रचण्ड



हाम्रो इकोनोमि

 

उत्तरी छिमेकी चीनको भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक भेटघाट तथा विभिन्न कार्यक्रममा व्यस्त छन्।

प्रचण्डसँग आईतबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सान्सी प्रान्तका स्थायी कमिटी सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोंगले भे गरेका छन्।

त्यस्तै प्रचण्डले चिनियाँ क्रान्तिको आधार भूमि ऐनानमा प्रचण्डले चिनियाँ क्रान्ति सम्बन्धि ऐतिहासिक स्थलहरुको अवलोकन गरेका थिए।

धेरै पटक चीनको भ्रमण गरेपनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने सन्दर्भ नमिलेको उल्लेख गर्दै यसपटक चिनियाँ कम्युनिष्ट पार्टीले सो अवसर जुराईदिएको भन्दै धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

सोही अवसरमा अध्यक्ष प्रचण्डले येनानमा बसेर माओले विकास गरेको जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ बिचारधारा भएको बताए। भेटवार्तामा प्रचण्डले चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरी कै निम्ति प्रेरणाको स्रोत भएको बताए।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...