सप्तरीमा घुमुवा प्रहरीको किन भयो सरुवा ?



हाम्रो इकोनोमि

 

 

 

सप्तरीमा नयाँ प्रहरी प्रमुख आएसँगै युनिटमा फेरबदल गर्ने काम सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयदेखि बिभिन्न इलाका प्रहरी कार्यालयमा काम गर्दै आएका र घुमुवाको रुपमा काम गर्नेहरुलाई पनि अन्यत्र सरुवा गरेर बाहिरबाट बोलाइएको छ ।

तीन साताअघि नयाँ प्रहरी प्रमुखको रुपमा राजेन्द्र बिष्ट आएपछि सप्तरी प्रहरी भित्र फेरबदल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयसहित बिभिन्न यूनिटमा काम गर्ने प्रहरीलाई प्रदेशका अन्य जिल्लामा पठाइएको छ । दरबन्दी सप्तरीमै भएपनि कसैलाई बारा, कसैलाई रौतहट, कसैलाई प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ ।

श्रोतका अनुसार १३ जना प्रहरीलाई सप्तरीबाट अन्यत्र सरुवा गरिएको छ । यीमध्ये तीनजना प्रहरी नायब निरीक्षक, केही प्रहरी सहायक निरीक्षक र अन्य प्रहरी हबल्दार र जवान छन् ।

सरुवा गरिएका एक जना जुनियर प्रहरी अधिकृतका अनुसार आफ्नो दरबन्दी सप्तरीमै भएपनि एक्कासी बाहिर पठाएको छ । एकाएक बाहिर पठाउनुको कारण पनि केही नखुलाइएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र बिष्ट आफूले सरुवा नगरेको बताउँछन् । उनले प्रदेश प्रहरी कार्यालयले पत्राचार गरेर उनीहरुलाई सरुवा गराएको दावी उनको छ ।

यद्यपी सरुवा भएका प्रहरीहरुले अन्यत्र दरबन्दी भएर वर्षाैदेखि एकै ठाउँमा बस्दै आएकालाई आफ्नो दरबन्दीमा पठाउनुभन्दा यहीँ दरबन्दी भएकालाई सरुवा गरिनुले प्रहरी भित्र पनि काखापाखा रहेको बताउँछन् ।

उनीहरुले प्रहरी अधिकृतका निकटतम र सोर्स भएकाहरु वर्षाैंदेखि एकै ठाउँमा बस्दै आएपनि केही फरक नपरेपनि दरबन्दी भएको ठाउँमा एक वर्ष मात्र बसेको अवस्थामा समेत सरुवा गरिनुले प्रहरी संगठनमा सोर्स भएकाहरुकै हालीमुहाली झल्किने गरेको बताउँछन् ।

जिल्ला प्रहरी प्रमुख बिष्ट भने एकै ठाउँमा धेरै दिन बसेका कारण प्रदेशले सरुवा गरेको हुन सक्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...