प्रहरी महानिरीक्षक खनालले भने कमाण्ड गर्न सक्दैनौं भने छोडेर जाऊ



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय छवि धमिलिँदै गएपछि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कडा निर्देशन दिएका छन्। खनालले प्रहरी संगठनको नेतृत्व लिएयताका कञ्चनपुर प्रकरणदेखि भक्तपुर इन्काउन्टरसम्म नै प्रहरी नराम्ररी वद्नाम भएको छ। गत शनिवार घुससहित एकैसाथ नौ प्रहरी अख्तियारले पक्राउ परेपछि वद्नानम हुँदै गएको संगठनको छविमा अरु दाग लाग्यो।

आइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ भित्रका प्रहरीहरूलाई बिफ्रिङ गर्दै कडा कदम चाल्ने संकेत गरे। भृकुटीमण्डवस्थिति पुलिस क्लबमा महानिरीक्षक खनालले करिब १ घण्टा निर्देशन दिएका थिए। पछिल्ला समय केही प्रहरीका कारण सङ्गठनमा असर परेकाले सबैलाई इमान्दार भएर काम गर्न उनले निर्देशन दिएका हुन्। महानिरीक्षक खनालले आर्थिक प्रलोभनमा परेर काम गरे नछाड्ने बताए।

महानिरीक्षक खनालले आफ्ना मातहतका प्रहरीलाई समेत नियन्त्रण गर्न कमान्डरलाई निर्देशन दिएका हुन्। आफ्ना मातहतका प्रहरीलाई नियन्त्रण गर्न नसक्ने प्रहरीले कमाण्ड छोडेर जाँदा हुने उनले बताए। बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले भने, ‘आफ्ना प्रहरीलाई कमान्ड गर्न सक्नुहुँदैन भने कमान्डा नै छोडेर जाँदा हुन्छ भन्नुभयो।’

प्रतिक्रिया दिनुहोस
एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...