फेरि ह्वातै बढ्यो सुनको भाउ



हाम्रो इकोनोमि

 

नेपाली चाड दशैं नजिकिंदै छ । दशैंमा सुनको गहना लगाउने धेरैको धोको हुन सक्छ । तर, सुनको बढ्दो भाउका कारण धेरैलाई सकस सिर्जना गरेको छ ।

हिजो सामान्य तल झरेको सुनको बजार भाउ आज (सोमबार) फेरि उक्लिएको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजछापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले वृद्धि भई ७१५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ । बजारमा माग अनुसारको सुन आपूर्ति नहुँदा सुनको भाउ बढेको जानकार बताउँछन् ।

नेपालमा दैनिक ३५–देखि ४० किलोसम्म सुन खपतको अवस्था भए पनि अहिले माग अनुसार सुन आपूर्ति नहुँदा बजारमा सुनको अभाव छ । सुनचाँदी व्यवसायीहरुले सुनको कोटा बढाउन सरकारसँग माग गर्दै आएका छन् । सरकारले सुन तस्करीमा कढाइ गरेका कारण पनि अवैध रुपमा भित्रिने सुन नेपाल भित्रिन सकेको छैन ।

अवैध रुपमा भित्रिने सुनले समेत बजारको मागलाई पूर्ति गर्ने गरेको परिपेक्ष्यमा त्यो बाटो बन्द भएपछि बजारमा सुन अभाव देखिएको जानकार बताउँछन् । अहिले सुन अभाव भएपछि कतिपय सुन चाँदी व्यवसायीको कारोबार नै बन्द जस्तै बनेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...