भागवण्डा विवादले स्थगित संसदीय समितिको निर्वाचन शुक्रबार हुने



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा अन्तर्गतका समितिको सभापति चयनका लागि आउँदो शुक्रबार निर्वाचन हुने भएको छ । यसअघि अनिश्चितकालका लागि स्थगित निर्वाचन प्रक्रिया शुक्रबार गरिने भएको हो ।

प्रतिनिधिसभाको सोमवार बस्ने बैठकमा सभापति निर्वाचनको मिति घोषणाको तयारी रहेको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिएका छन् ।

संसदीय समितिको सभापतिको भागवण्डा नमिल्दा सभापति चयन हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक चौथाइ समितिको सभापति दाबी गरेका कारण सहमति हुन सकेको छैन ।

दलहरुबीच समितिको भागवण्डामा अझै सहमति भएको छैन । राष्ट्रिय सभामा नेपाली कांग्रेसले एउटा समितिको सभापति पाएको थियो । सभापति चयन हुन नसक्दा जेष्ठ सदस्यले समितिको सभापतित्व गरिरहेका छन् ।

प्रतिनिधि सभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० वटा विषयगत समिति छन् ।

प्रमुख सत्तारुढ दल नेकपाले सार्वजनिक लेखा समिति मात्र नेपाली कांग्रेसलाई दिन सकिने बताएको छ । संसदको सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिने संसदीय परंपरा रहेको छ । यसअघि भदौ १७ का लागि तय गरिएको सभापतिको निर्वाचन तालिका भदौ १५ गते स्थगित गरिएको थियो ।

त्यसअघि भदौ ५ गते हुने भनिएको समिति सभापतिको निर्वाचन भदौ १७ गते सम्मका लागि स्थगित भएको थियो । प्रतिनिधि सभाको साउन १७ गते बसेको बैठकले समितिमा रहने सदस्यको नाम टुंगो लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...