संविधान दिवस मनाउने र नमनाउने विषयमा फोरममा विवाद, पार्टी फुट्ने संकेत



 

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले संविधान दिवस मनाउने निर्णय गरेको छ ।

फोरम नेपाल मधेश प्रदेश नम्बर २ कार्यसमितिले कालो दिवस मनाउने भन्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट केन्द्रीय  समितिले संविधान दिवस मनाउने निर्णय गरेको हो ।

केन्द्रले एक विज्ञप्ति जारी गरी संविधान संशोधन गर्न सरकार सहमत भइसकेको अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुने सबै पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

फोरम नेपालका उपमहासचिव केशव अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत रहेपनि वर्तमान परिस्थितिमा संविधान संशोधनको माध्यमबाट संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमिकमजोरीहरुलाई सच्याउँदै प्राप्त अधिकारहरुलाई संरक्षण गर्ने दायित्व रहेको छ ।’

थप अधिकार प्राप्त गर्न पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको भन्दै फोरमले कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुन र यसबारे अन्य कुनै भ्रममा नरहन समेत आग्रह गरेको छ ।

फोरम नेपालको मधेश प्रदेश समितिले हिजो असोज ३ गते संविधान दिवस बहिस्कार गरी कालो दिवस मनाउने निर्णय गरेको थियो । यता पार्टीले संविकान दिवसलाई कालो दिवसको रुपमा मनाउने विषयमा विवाद भएपछि २ नम्बर प्रदेशका मुख्यामन्त्री लालबाबु राउत लगायतले पार्टी फुटाउने सम्मको चेतावनी नेतृत्वलाई दिएको छ ।

संविधान दिवसको कुनै पनि कार्यक्रम सहभागी नहुन प्रदेश २ का जनप्रतिनिधिलाई समितिका संयोजक एवं पार्टीका उपाध्यक्ष रेणु यादवले निर्देशन दिएकी थिइन् । सो निर्णय प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पनि नमान्ने बताएका थिए ।

 

मुख्यमन्त्री राउतले उपेन्द्र यादवलाई दिए यस्तो चेतावनी, छिटै सरकार छोडनुस, नत्र पार्टी फुट्छ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पार्टी नेतृत्वलाई संघिय सरकारबाट फिर्ता आउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरेको स्रोतले जनाएको छ ।

अहिले देशमा महिला हिंसाका घटनाको बृद्दिदर र निर्मला प्रकरणमा सरकारले चित्त बुझ्दो काम गर्न नसकेको भन्दै पार्टी र जनताको सम्मान गर्दे सरकारबाट फिर्ता हुनु पर्ने राउतले जनाएका छन् ।

नियमित कार्यकर्ता भेटघाटका क्रममा मुख्यमन्त्री राउतले मधेस मुद्धा भनेको निरन्तर चलिरहने र यो एक आन्दोलन भएकाले मधेसी जनताले एक न एक दिन अधिकार पाएरै छाड्ने बताउदै महिलामाथि भएका जघन्य अपराध नियन्त्रण गर्न नसक्ने निम्छरो सरकारमा बसि रहनुको कुनै अर्थ नभएको जिकिर गरे ।

राउतले सरकारमा फोरम लम्पसार परेर बसि रहने हो भने अर्को चुनावमा पार्टीको हालत कसैले सुधार्न नसक्नेसम्मको बन्ने ठोकुवा गरे ।

स्रोतका अनुसार राउतले रकारका पछिल्ला गतिविधिलाई नजिकबाट नियाली रहेको र यो सरकारबाट समस्याको हल ननिस्कने समेत जनाउदै आएका छन् ।

बल्न छाडे ‘सिक्स लेन’का सडक बत्ती, दुई करोड लगानी डेढ वर्षमा स्वाहा

निर्माणाधीन बुटवल–बेलहिया ‘सिक्स लेन’ सडकमा डेढ वर्षअगाडि १ सय ५० सौर्य बत्ती जडान गरिएको थियो । ती सौर्य बत्तीमध्ये आधाजसो अहिले बल्न छाडिसकेका छन् ।

८० वटा बत्ती बल्छन् । त्यसमध्ये पनि केही बत्ती छिनभरका लागि बलेर झ्याप्पै निभिहाल्छन् ।

सडकमा दुई करोड खर्चिएर राखिएका बत्ती बल्न छाडेपछि देखाउनका लागि मात्र बत्ती जडान गरिएको रहेछ भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।

बत्ती एक छिनका लागि बल्ने र झ्याप्पै निभिहाल्ने भएकाले ‘हर्ष न विस्मत’ भएको बुटवलका सुरज काफ्ले बताउँछन् ।

‘बत्ती त छ, तर छ कि छैन भन्ने रु’ उनले भने, ‘सौर्य बत्ती गुणस्तरीय नभएको हुनसक्छ ।’

बल्ने केहीले पनि जुनकिरीजस्तै मधुरो उज्यालो दिन्छन् । बुटवल–बेलहिया सडक विस्तार आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठ सिक्स लेन सडकमा जडान गरिएका सौर्य बत्ती योजना सफल हुन नसकेको बताउँछन् ।

उनले भने, ‘सौर्य बत्तीले यो सडकका लागि सफल हुने देखिएन । अब बन्ने क्षेत्रमा नयाँ विकल्पका बारेमा सोच्नुपर्ने देखियो ।’

नवलपरासीको बर्दघाटस्थित महेश निर्माण सेवा प्रालिले डेढ वर्ष अगाडि दुई करोड रूपैयाँ लगानीमा बत्ती जडान गरेको थियो ।

३५ मिटरको दुरीमा सडक बत्ती राखिएको छ । एउटा सोलारमा दायाँ र बायाँतर्फ दुईवटा बल्ब राखिएका छन् । जहाँ एउटा मात्र सोलारबाट चार्ज हुने एउटा मात्र ब्याट्री छ ।

श्रेष्ठ भन्छन्– ‘एउटा पोलमा दुईवटा बल्ब दायाँ–बायाँ भएको जोड्दा समस्या देखियो । एउटा पोलमा एउटा मात्र बल्ब भएको भए टिकाउन हुने थियो कि रु’

जडान गरिएका बत्ती स्वचालित हुन् । अध्यारो हुँदै गएपछि आफैँ बल्ने उज्यालो हुँदै गएपछि निभ्ने गर्छन् । अहिले बेलहियादेखि भैरहवाको बुद्धचोकसम्म पनि सौर्य बत्ती जडान गरिएको छ ।

त्यहाँ जडान गरिएका बत्ती पनि बिग्रिन थालेका छन् । महेश निर्माण सेवा प्रालिका प्रमुख मनोज खनाल एउटा पोलमा दुईवटा बत्ती राख्दा समस्या देखिएको बताउँछन् ।

‘सडकअनुसार राखेको भए हुने हो । हामीलाई दुईवटा लाइटवाला जडान गर्ने भनेर ठेक्का भयो । हामीले त्यहीअुनसार ६०र६० वाटका बत्ती जडान गरेका हौं ।

सडकको डिभाइडरमा राखिएका सोलार बत्तीको पोलको दूरी २० मिटरमा रहनुपर्नेमा ३५ मिटरमा राखिएकाले शुरूदेखि नै उज्यालो पर्याप्त थिएन ।

दुई वर्षको ग्यारेन्टी सहित जडान गरिएका बत्ती धमाधम बिग्रिएपछि कम्पनीले एक पटक सबै बत्तीका बल्बहरू फेरिसकेको बताएको छ ।

जडान गरिएका सबै बत्ती भारतीय कम्पनीका हुन् ।

बुटवल–बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता कायम राख्ने उद्देश्यका साथ राखिएका सडक बत्ती प्राविधिक रूपमा असफल भएपछि सडक विस्तार आयोजना विद्युत् प्राधिकरणसँग छलफल गरी विद्युतीय बत्ती जडान गर्ने सोचमा पुगेको छ ।

इञ्जिनियर श्रेष्ठले थपे, ‘बुटवल मात्र होइन काठमाडौंमा जडान गरिएका बत्ती पनि बिग्रिएको सुनेका छौं । अब हामी नयाँ सोचका साथ अगाडि बढ्छौं । विद्युत प्राधिकरणसँग सहकार्य गरेर अबका क्षेत्रमा विद्युतीय बत्ती जडान गर्ने अवस्थामा पुगियो ।’

बुटवलको राजमार्ग चौराहादेखि भैरहवाको बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गका रूपमा आधुनिक र फराकिलो बनाउने काम भइरहेको छ । २७ किलोमिटरमध्ये अहिलेसम्म झण्डै २० किलोमिटर सडक निर्माण पूरा भएको छ ।

बुटवल बजार क्षेत्र ९चौराहा–गोलपार्क०सम्मको सडकमा जडान गरिएका सौर्य बत्ती पनि मधुरा छन् । उज्यालो शहर अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाको शून्य लगानीमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत् उपमहानगरले सडक र मुख्य चोकलाई उज्यालो बनाउन सडक बत्ती जडान गरिएका थिए ।

एपेक्स नेपालले उपमहानगरको स्वीकृतिमा पहिलो चरणमा १ सय ५० सडक बत्ती जडान गरेको हो । सडक बत्तीसँगै प्रत्येक पोलमा एपेक्सले डिजिटल विज्ञापन बोर्ड राखेको छ ।

व्यावसायिक विज्ञापनका सामग्री राखेबापत बुटवल उपमहानगरपालिकालाई एपेक्स प्रालिले वार्षिक १७ लाख रुपैयाँ विज्ञापन कर पनि बुझाउने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

उपमहानगर र एपेक्स प्रालिबीच हालै १५ वर्षका लागि सम्झौता भएको छ । बुटवलका भित्री सडकमा पनि सौर्य बत्ती जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय

एमालेसँग सहमतिमै अघि बढेका छौँ, कुनै समस्या छैन : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको

सल्लाह गरेरै अध्यादेश ल्याइएको हो : कांग्रेस

    सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको

एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक

  गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका