अस्ट्रेलियाली समाज कसरी विभाजित गरिन यी ९ वर्षीय बालिकाले, विद्यालयले दियो निष्कासनको चेतावनी



 

 

हारपर नेल्सन एक ९ वर्षीया बालिका हाल अस्ट्रेलियामा सर्वाधिक चर्चामा छिन्। उनले लिएको एक कदमले अस्ट्रेलियाली समाज दुर्इ भागमा विभाजित भएको छ। ब्रिस्बेन प्राइमरी स्कुलु मा भएको उक्त घटनाले अस्ट्रेलियामा ठूलो विवाद खडा भएको हो।

 

हारपरले विद्यालयमा राष्ट्रिय गान बज्दा उठ्न अस्वीकार गरिन्। उनले अस्ट्रेलियाली राष्ट्रिय गानले त्यहाँ बसोबास गर्ने आदिवासीहरूको भावनाको अवमूल्यन गरेको भन्दै यो कदम लिएकी हुन्। उनले राष्ट्रिय गानले जातीय विभेदलार्इ प्रोत्साहन गरेको आरोप लगाएकी छिन्।

 

आफ्नो त्यो हर्कतले विद्यालयबाट कारबाहीमा परेको बताउँछिन् उनी। खाजा खाने समयमा बाहिर जान रोकिनुका साथै विद्यालयबाट निष्कासन गर्ने धम्की समेत दिइएको उनले बताइन्।

 

अस्ट्रेलियाको राष्ट्रिय गान एड्भान्स अस्ट्रेलिया फेयरु बज्दा उनी आफ्नो स्थानमा बसिरहेकी थिइन्। बाँकी सबै उठे तर उनी उठिनन्।

 

हारपर नेल्सनको उक्त कदम छोटो समयमा त्यहाँको सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो। कन्सर्भेटिभ नेताहरूले त हारपुरको विरोध गर्दै उनलार्इ विद्यालयबाट निकाल्नु पर्ने प्रतिक्रिया दिइहाले।

 

हारपर भन्छिन्, मलार्इ लाग्छ सबैलार्इ आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार हुन्छ। सानो भए पनि धेरै ठूला कुरा गर्न सक्छौँ हामी।

राष्ट्रिय गानमा भएको एक शब्द योङु लार्इ लिएर आफू असहमत भएको र विरोध गरेको हारपर बताउँछिन्। ह्वि आर योङु भन्दा ब्रिटिसहरू यहाँ आउनुभन्दा दसौँ हजार वर्ष अघि यहाँ आएका आदिवासीहरूको अपमान भएको हारपरको तर्क छ।

 

अस्ट्रेलियामा बस्दै आएका धेरै आदिवासीहरूले अस्ट्रेलियालार्इ नयाँ र योङु राष्ट्रका रूपमा प्रस्तुत गरिँदा दसौँ हजार वर्ष पहिले त्यहाँ आएका आफ्ना पुर्खाहरूको इतिहास मेटिएको तर्क गर्दै आएका छन्। अस्ट्रेलियाको अबोर्जिनलु र स्ट्रेटस इस्ल्यान्डरु समुदायका मानिसहरूले राष्ट्रिय रूपमा नै आफ्नो इतिहास ध्वस्त भएको आरोप लगाउँदै आएका छन्।

 

अस्ट्रेलियामा ब्रिटिसको पहिलो आगमनलार्इ सम्झिँदै मनाइने अस्ट्रेलिया डेु र राष्ट्रगानले आदिवासीहरूको अस्तित्वमा नै प्रहार भएको उनीहरूको बुझाइ रहेको छ।

 

हारपर भन्छिन्, ुएक जना ुअबोर्जिनलु व्यक्ति त्यस स्थानमा भए उनलार्इ कस्तो महसु हुन्छ होलारु उनीहरुलार्इ आफूहरुलार्इ हेपिएको महसुस नहोलारु उनीहरू दुस्खी नहोलान्रुु ।

 

हारपरका बुबा मार्क निल्सनका अनुसार परिवारमा आदिवासीलार्इ गरिँदै आएको व्यवहारका सम्बन्धमा कुरा भएको र यसैबाट उनकी छोरी प्रभावित भइन्। युनिभर्सिटी अफ क्विन्सल्यान्डमा मनोविज्ञानका प्रोफेसर रहेका मार्क भन्छन्, हारपरलार्इ चिन्ने सबै जनालार्इ थाहा छ उनी सानी छिन् र उनलार्इ ब्रेनवास्डु गर्न सकिन्छ। तर, उनमा राम्रो सुझबुझ रहेको छ। उनी आफ्नो निर्णय लिन सक्ने भएकी छिन्।

 

तर, केही कन्सर्भेटिभ राजनीतिज्ञहरूले भने हारपर र उनको अभिभावकहरुको आलोचना गरेका छन्।

 

सिनेटर पउलिन हानसनले यो कदमले आफू निकै आक्रोशित भएको बताइन्। पउलिनले भनिन्, बच्चाहरुलार्इ मानसिक रूपमा बेनवास्डु गरिँदैछ। म भएको भए उनलार्इ विद्यालयबाट निकाली सक्थेँ।

 

यस्तै लिबिरल नेसनल पार्टीका नेता ज्यारोड बेलाजाइले राष्ट्रिय गान बजेको समयमा नउठ्नु राष्ट्र र पुर्खाहरू प्रति अपमान भएको भन्दै हारपरलार्इ उनका अभिभावकले राजनीतिक अस्त्रका रूपमा प्रयोग गरिरहेको आरोप लगाए। हारपरले फेरि त्यस्तै गरे उनलार्इ निष्कासन गर्नै पर्ने उनको तर्क छ।

 

यता ुअबोर्जिनलु अगुवा साम वाटसनले भने बच्चालार्इ स्वतन्त्र रूपमा आफ्ना भनाइहरू राख्न सक्षम बनाएको अभिभावकहरुलार्इ बधार्इ दिनुपर्ने बताएका छन्।

 

तर क्विनस्ल्यान्डको शिक्षा विभागले भने हारपरलार्इ निष्कासनको धम्की नदिइएको र विद्यालय भित्र शान्तिपूर्वक आन्दोलन गर्ने अधिकार उनीहरुलार्इ भएको बताएको छ। विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको इच्छाको कदर गर्दै राष्ट्रिय गान बजेको बेला हल बाहिर बस्नु वा गीत नगाउनु उनीहरुलार्इ विकल्प रहेको स्पष्ट पारेको छ। विद्यालयले कुनै पनि समयमा विद्यार्थीलार्इ निष्कासन गर्ने नभनेको पनि विभागले जनाएको छ।

 

विद्यालयले पनि हारपरलार्इ राष्ट्र गान बज्दा उठ्न तर गीत नगाउन सक्ने वा बाहिर जानु विकल्प दिइएको बताएको छ। तर, उनी आफ्नो स्थानमा बसिरहिन्। हारपर नेल्सनले भने आफूलार्इ विद्यालयले निष्कासन गरे पनि राष्ट्रिय गानका विरुद्ध प्रदर्शन गरिरहेन बताएकी छिन्।

 

शान्तिपूर्वक आफ्नो स्थानमा बस्दै आसपास देखिने परिवर्तन नियाल्नु नै आफ्नी छोरीलार्इ उपयुक्त लागेको मार्क बताउँछन्।

फोटो अनलाईनबाट साभार

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्