सुडानमा विद्रोही समूहद्वारा नेपाली सेनाका जवानमाथि गोली प्रहार



हाम्रो इकोनोमि

 

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली सेनाका जवानमाथि गोली प्रहार भएको छ ।

श्री सिद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत एक सैनिक जवानमाथि गत भदौ ३० गते गोली प्रहार भएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ । घाइते सैनिकको नाम भने खुलाइएको छैन ।

स्थानिय समय अनुसार करिब बिहान ८ः३० बजे गोडामा गोली लागि घाइते भएको बताइएको छ ।

दक्षिणी सुडानको येइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको पट्राल फर्कने क्रममा गोली लागेको थियो । उक्त गोली दक्षिण सुडानको पिपल्स लिबरेसन आर्मी (एसपिएलए) ले प्रहार गरेको नेपाली सेनाले जनाएको छ ।

घाइते सैनिकलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र हाल उनको अवस्था खतरा मुक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...