कुकुरले पर्स चोरेपछि…



हाम्रो इकोनोमि

चीनको अनहुई प्रान्तस्थित एन्किङ सहरनिवासी एकजना व्यक्ति पसलमा साथीभाइसँग रमाइलो गरेर बसिरहेका थिए। उनीहरू तास खेलिरहेका थिए। त्यत्तिकैमा उनले गोजी छामे। पर्स थिएन।

केही मिनेटअगाडि पर्सबाट उनले पैसा झिकेका थिए। क्षणभरमै हराएपछि उनले साथीभाइसँग खोजबिन गरे। पत्ता नलागेपछि पुलिस गुहारे।

पुलिसले आएर अनुसन्धान गर्‍यो। पर्समा एटीएम कार्ड, परिचयपत्र र दुई हजार युआन (करिब १६ हजार रुपैयाँ) रहेको ती व्यक्तिले बताएपछि प्रहरीले चनाखो भएर खोजबिन गर्‍यो।

अन्ततः उनीहरू बसिरहेको ठाउँको गतिविधि कैद गरिरहेको सीसीटीभी क्यामरा हेरेपछि चोर पत्ता लाग्यो।

तास खेल्दै गर्दा ती व्यक्तिको गोजीबाट पर्स झरेको रहेछ। एउटा कुकुरले कसैलाई पत्तै नदिई पर्स च्यापेर बाहिरतिर गएछ।

सीसीटीभीबाट यसको भेद खुलेपछि प्रहरीले कुकुरको खोजी गर्‍यो। अन्त्यमा कुकुरको छेउबाट हराएको पर्स फेला पर्‍यो। पर्समा भएका पैसालगायत कुनै पनि सामान नहराएको प्रहरीले जनाएको छ।

 

तस्विर सामाजिक सञ्जालबाट प्राप्त

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...