कुकुरले पर्स चोरेपछि…



हाम्रो इकोनोमि

चीनको अनहुई प्रान्तस्थित एन्किङ सहरनिवासी एकजना व्यक्ति पसलमा साथीभाइसँग रमाइलो गरेर बसिरहेका थिए। उनीहरू तास खेलिरहेका थिए। त्यत्तिकैमा उनले गोजी छामे। पर्स थिएन।

केही मिनेटअगाडि पर्सबाट उनले पैसा झिकेका थिए। क्षणभरमै हराएपछि उनले साथीभाइसँग खोजबिन गरे। पत्ता नलागेपछि पुलिस गुहारे।

पुलिसले आएर अनुसन्धान गर्‍यो। पर्समा एटीएम कार्ड, परिचयपत्र र दुई हजार युआन (करिब १६ हजार रुपैयाँ) रहेको ती व्यक्तिले बताएपछि प्रहरीले चनाखो भएर खोजबिन गर्‍यो।

अन्ततः उनीहरू बसिरहेको ठाउँको गतिविधि कैद गरिरहेको सीसीटीभी क्यामरा हेरेपछि चोर पत्ता लाग्यो।

तास खेल्दै गर्दा ती व्यक्तिको गोजीबाट पर्स झरेको रहेछ। एउटा कुकुरले कसैलाई पत्तै नदिई पर्स च्यापेर बाहिरतिर गएछ।

सीसीटीभीबाट यसको भेद खुलेपछि प्रहरीले कुकुरको खोजी गर्‍यो। अन्त्यमा कुकुरको छेउबाट हराएको पर्स फेला पर्‍यो। पर्समा भएका पैसालगायत कुनै पनि सामान नहराएको प्रहरीले जनाएको छ।

 

तस्विर सामाजिक सञ्जालबाट प्राप्त

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...