सुतेकै अवस्थामा घाँटी रेटेर हत्या



हाम्रो इकोनोमि

 

सिरहाको गोलबजार नगरपालिका– ३ पुरानो डिहमा एक युवकको सुतेकै ठाउँमा खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा शव भेटिएको छ।

घरमा श्रीमती र आठ वर्षीय छोरासहित सुतिरहेका ३८ वर्षीय हेमबहादुर तामाङको शनिबार राती खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको हो।

 

आफ्नै घरमा सुतिरहेका तामाङको घाँटीमा तीन पटक खुकुरी प्रहार गरेको भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। प्रहरीका अनुसार खुकुरी प्रहारपछि अत्यधिक रक्तस्राव हुँदा तामाङको घटनास्थलमै मृत्यु भएको हो।

 

हत्याराले हत्यामा प्रयोग गरेको खुकुरी घर नजिकै बारीमा बरामद भएको प्रहरीले जनाएको छ। हत्याराले खुकुरी प्रहार गर्दासमेत एउटै ओछ्यानमा सुतेकी श्रीमतीले पनि नदेख्नुले घटनालाई थप रहस्यमय बनाएको गाउँलेहरू बताउँछन्।

 

वडा अध्यक्ष धनप्रसाद लामाका अनुसार तामाङको घरमा पालिएको कुकुर २८ भदौदेखि हराएको र कुकुर हराएको दुई दिनपछि हत्या हुनुले योजनाबद्ध ढंगले हत्या गरिएको अनुमान प्रहरीको छ। प्रहरीले हत्यारा नजिकको र परिचित व्यक्ति नै हुनुपर्ने अनुमान गरेको छ।

 

सामान्य खेतीपाती गरी जीविकोपार्जन गर्दै आएका तामाङलाई कसले किन हत्या गर्‍यो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राम ढकालले बताए।

 

प्रहरीले घटनाको विषयमा गहन अनुसनधान गरिरहेको जनाएको छ। प्रहरीले घटना अनुसन्धानका लागि विराटनगरबाट तालिमप्राप्त कुकुर पनि ल्याएर घटनास्थल लगिने तयारी भइरहेको जनाएको छ।

तामाङको शव पोस्टमार्टमका लागि लहनस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लगिएको छ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...