उपत्यकाबाट दैनिक ५ भन्दा बढी मोटरसाइकल हराउँछन् , कहाँ जान्छ चोरीको मोटरसाईकल ?



 

भदौ १ गते बुढानीलकण्ठ नगरपालिका- १० कपनबाट टंकनाथ घिमिरेको मोटरसाइकल हरायो।

 

 

बजाज कम्पनीको पल्सर २२० सिसीको बा८३प ८४८३ नम्बरको मोटरसाइकल हराएपछि उनी आफ्नो मोटरसाइकल हराएको सूचना दिन ट्राफिक महाशाखा पुगे।

 

बेलुका एकछिन खाजा खान रेस्टुरेन्ट छिर्दा पार्किङमा राखेर गएका घिमिरेको मोटरसाइकल फर्किंदा थिएन। मोटरसाइकल चोर्ने गिरोहले लक गरेको मोटरसाइकलै चोरेका थिए।

 

ट्राफिक प्रहरीले उनको मोटरसाइकल सिन्धुपाल्चोक लैजाँदै गर्दा काठमाडौंको लप्सीफेदी पुलमा चेकजाँच गर्दै गर्दा फेला पर्‍यो।

 

उक्त मोटसाइकल ट्राफिक प्रहरीले भदौ २९ गते उनलाई बुझाएका छन्। त्यस्तै, भदौ १८ गते ललितपुरको जाउलाखेलबाट कंचनपुरका विक्रम धामीको मोटरसाइकल हरायो।

 

उनको २२० सिसीकै पल्सर मोटरसाइकल दिउँसो किनमेल गर्न पार्किङमा राखेका बेला हराएको हो। प्रहरीले उनको मोटरसाइकल १५ दिनपछि सातदोबाटोबाट फेला पारेको थियो। भदौ २९ मै उनको मोटरसाइकल पनि प्रहरीले जिम्मा लगाइसकेको छ। यी केही प्रतिनिधि घटना मात्रै हुन्।

 

पछिल्लो समय उपत्यकाबाट दुई पांग्रे सवारी साधन मोटरसाइकल, स्कुटर चोरीको निवेदन बढी आउन थालेको ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तको भनाइ छ।

 

उपत्यकाबाट मोटरसाइकल, स्कुटर चोरी गर्ने अनि काठमाडौं आसपासका जिल्लाहरूमा चलाउने उद्देश्यले गिरोह नै सक्रिय भएर चोरी गर्ने गरेका छन्। यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी सतर्क रहेको छु, पन्तले भने।

 

उपत्यकाबाट चोरी गरेका सवारी साधन बाहिरी जिल्लामा लैजाँदा चेकजाँच कम हुने र चलाउन सजिलो हुने हुँदा चोरी गर्ने गिरोहले उपत्यकाबाहिर लैजाने गरेको प्रहरीको अनुमान छ।

 

चोरी गरेका मोटरसाइकलहरूको वास्तविक नम्बर प्लेट परिवर्तन गरेरसमेत चोरी गर्ने गिरोहले चलाउने गरेको प्रहरीको भनाइ छ। ट्राफिक महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र०७६ को दुई महिनामा उपत्यकाबाट २५६ मोटरसाइकल र स्कुटर हराएका छन।

 

त्यसमध्ये १४२ मोटरसाइकल फेला पारेर सवारी धनीलाई बुझाइसकेको ट्राफिक महाशाखाको रेकर्ड छ। यसरी विभिन्न ठाउँबाट मोटरसाइकल चोर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४र०७५ मा एक हजार ३८१ मोटरसाइकल, स्कुटर हराएको निवेदन परेको थियो।

 

त्यसमध्ये जम्मा ६८२ मात्रै फेला परेको प्रहरीको रेकर्ड छ। यस वर्ष चोरीमा संलग्न ३६ जना पक्राउ परेका छन्। यसैगरी आर्थिक वर्ष २०७३र०७४ मा एक हजार १४ मोटरसाइकल र स्कुटर हराएको निवेदन परेको थियो।

 

यसमध्ये ५७३ फेला परेका छन् भने सवारी चोरीमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। चोरी हुनेमा अधिकांश बजाज कम्पनीको पल्सर मोटरसाइकल ट्राफिक महाशाखाको तथ्यांकअनुसार चोरी हुने मोटरसाइकलहरूमध्ये सबैभन्दा बढी बजाज कम्पनीको पल्सर मोटरसाइकल रहेका छन्।

 

प्रहरीका अनुसार पल्सर मोटरसाइकल बढी चलेको र चोरी गर्न, लक तोड्न सजिलो हुने हुँदा गिरोहको नजरमा पल्सर मोटरसाइकल पर्ने गरेका हुन्। पल्सरमध्ये पनि २२० सिसी र २०० सिसीको एनएस मोडलका बढी हुने गरेको तथ्यांक छ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्