भारतीय राजदूत एकाएक किन गए हुम्ला ?



हाम्रो इकोनोमि

 

 

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी हुम्ला आएका छन्। मानसरोवर कैलाशको धार्मिक यात्राका लागि आउने भारतीय तिर्थयात्रीको अवस्था बुझ्न राजदूत पुरी शनिबार हुम्लाको सदरमुकाम सिमकोट आएका हुन्।

 

केही समय अगाडि भारतीय तीर्थयात्रीले सिमकोट र हिल्सामा मानसरोवर कैलाशको यात्रा गर्दा भोगेको सास्ती भन्ने समाचार सार्वजनिक भएपछि त्यसको वास्तविकता बुझ्न राजदूत पुरी हुम्ला आएको बुझिएको छ।

राजदूत पुरीले सिमकोटमा उपलब्ध जनप्रतिनिधिसंग यो सिजनमा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय धार्मिक पर्यटकले सिमकोट र हिल्सामा भोगेका समस्याका बारेमा जिज्ञासा राखेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए।

जवाफमा अध्यक्ष लामाले बाहिर मिडियामा आएको जस्तो भारतीय पर्यटकले सिमकोट र हिल्सामा समस्या नभोगेको बरु मौसमको कारण तीनदिन सिमकोट र अहिले पछिल्लो चरणमा एकदिन हिल्सामा पर्यटक रोकिएको र एक हजार पर्यटकलाई एक रात बासको व्यवस्था गर्न सक्ने क्षमता भएका होटेल सिमकोट र हिल्सामा रहेको जानकारी राजदूत पुरीलाई गराए।

छलफलका क्रममा राजदूत पुरीले विमानस्थलमा प्राथमिक उपचार केन्द्र, प्रतिक्षालय, शौचालयको ब्यबस्था राम्रो नभएकाले यसका लागि आफूले सघाउने बताएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए।

मुख्यगरी सिमकोट र हिल्सामा भारतीय नागरिकले भोग्ने समस्याका बारेमा बुझ्न आएका राजदूत पुरीले सिमकोट विमानस्थलमा मानसरोवर कैलाशको यात्रा गरेर नेपालगंज फिर्ता हुन लागेका भारतीय नागरिकसंग पनि कुराकानी गरेका थिए। सो कुराकानीमा भारतीय तीर्थयात्रीले कुनै समस्या नरहेको जानकारी पाएको राजदूत पुरीले बताए।

हुम्लामा रहेका राजदूत पुरीले सिमकोटका होटेलको अवस्थाका बारेमा जानकारी लिनुका साथै जिल्ला अस्पतालको पनि अवलोकन गरेका थिए। सिमकोटको अवलोकनपछि राजदूत पुरीले खासै समस्या नभएको आफूले पाएको स्पष्ट पारे। बाहिर आएजस्तो पर्यटकहरुले समस्या नभोगेको उनको भनाई छ।

सिमकोट पुगेपछि भारतीय सञ्चारकर्मी र केही दूतावासका कर्मचारीहरु हिल्सा पुगी फर्केका थिए भने राजदूत पुरीको टोली हेलिकोप्टरमा रारा अवलोकन गरी दिउँसो ४ बजे सिमकोट फिर्ता भएको थियो। उनको टोली आइतबार नेपालगञ्ज फिर्ता हुने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...