घुससहित ९ प्रहरी समातिएपछि कोटेश्वर र काँडाघारीका प्रमुख फेरिए



हाम्रो इकोनोमि

 

काठमाडौंको कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ जना प्रहरी अधिकारी घुससहित एकैदिन समातिएपछि दुवै प्रभागका सम्पूर्ण प्रहरी टोली फेरिएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ अपरेशनमा ठूलो संख्यामा प्रहरी समातिएपछि प्रहरी प्रधान कार्यालयले काटेश्वर र काँडाघारी प्रभागको नेतृत्व परिवर्तन गरेको हो ।

 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीका अनुसार कोटेश्वर प्रहरी प्रभागको नेतृत्व प्रहरी निरीक्षक एलिजा गिरीलाई दिइएको छ भने काँडाघारी प्रभागको नेतृत्व इन्स्पेक्टर सुधिर राईलाई प्रदान गरिएको छ ।

यसअघि गिरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत् थिइन् ।

थापा बदमासी गर्ने प्रहरीलाई कारबाही गर्ने कुरामा प्रहरी प्रधान कार्यालय दृढ रहेको बताउँछन् ।

के थियो घटना ?

काँडाघारी, कोटेश्वर र ठिमी क्षेत्रका केही प्रहरी अधिकारीहरुले मनोहरा खोलाबाट ढुंगा, गिटी र बालुवा निकाल्ने ठेकेदारबाट घुस लिने गरेको अख्तियारमा उजुरी परेको थियो ।

 

त्यसक्रममा अख्तियारको टोलीले शनिबार गरेको ‘स्टिङ अपरेशन’ का क्रममा ९ प्रहरी अधिकारी घुस लिँदालिँदै पक्राउ परेका थिए ।

 

पक्राउ पर्नेमा असर्इ सुवास ढुंगाना, हवल्दार दीपक भारती, असर्इ गोपाल श्रेष्ठ, हवल्दार उमेश यादव, अमन चौधरी, जवान दीपेन्द्र कुँवर, मुकेश पटेल, रत्न रिजाल र जवान मानसिंह रोका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सहसचिव रामेश्वर दंगाललले दिएको जानकारी अनुसार उनीहरुले ४५ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म घुस लिएको भेटिएको छ ।

 

‘हामीले घुस लिँदालिँदै पक्राउ गरेका हौं’, उनले  भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...