२ वर्षीय मोहन र ६ वर्षीया रेखाको खोलामा बगेर मृत्यु, आमा घाइते, बाबु वैदेशिक रोजगारीमा



हाम्रो इकोनोमि

 

सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको हो ।

मृत्यु हुनेमा केसीका २ वर्षीय छोरा मोहन केसी र ६ वर्षीया छोरी रेखा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रुकुमको नुवाकोटमा रहेको मामाघरमा आमासहित गएका उनीहरु घर फर्कने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

खोलाले बगाएर बेपत्ता बनाएका बालबालिकाको इलाका प्रहरी कार्यालय फारुला र स्थानीयवासीले शनिबार रातभरि नै खोजी गरेका थिए ।

मृतक मोहनको लास शनिबार राति नै फेला परेको भए पनि रेखाको लास भने बगाएको स्थानदेखि ३०० मिटर तल आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ । खोलाले बगाएर घाइते भएकी २८ वर्षीया मृतक बालबालिकाकी आमा पूर्णिमा केसीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

बुबा भने वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...