निर्मलाको न्यायका लागि दोस्रो चरणको न्यायीक आन्दोलन सुरु, कञ्चनपुर बन्द



हाम्रो इकोनोमि

 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई तत्काल कारबाही गर्न माग गर्दै कञ्चनपुरमा दोस्रो चरणको न्यायिक आन्दोलन सुरु भएको छ ।

नेविसंघ कञ्चनपुरको नेतृत्वमा सुरू भएको आन्दोलनमा शनिबार महेन्द्रनगर बजार बन्द गर्नुका साथै चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

 

निर्मलाका वास्तविक हत्यारा पत्ता लगाउनु पर्ने, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूलाई कारवाही

 

गर्नुपर्ने, प्रधानमन्त्रीले झुटो बोलेकोमा माफी माग्नुपर्ने, अनुसन्धानमा संलग्न सिआईबीको टोलीलाई कारवाही गर्नुपर्ने, अपराधीलाई सरकारले संरक्षण गर्न नहुने लगायतका माग राखेर आन्दोलन सुरु भएको हो ।

निर्मलाको हत्या भएको शनिबार ५२ दिन पुगेको छ । तर हत्यारा अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले प्रमाण नष्ट गरेको, अपराधीलाई राज्यले नै संरक्षण गरेको र प्रधानमन्त्रीले नै झुठो

 

बोलेकोप्रति कञ्चनपुरवासीमा तीव्र आक्रोश छ भने स्थानीय जनप्रतिनिधिप्रति पनि अविश्वास पैदा भएको छ ।

 

नेविसंका नेता किशोर जोशीले निर्मलाका परिवारले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...