मिथिला नगरपालिका छिटै पूर्णसाक्षर बन्छ  : मेयर महतो



हाम्रो इकोनोमि

 

मिथिला नगरपालिकालाई केही बर्ष भित्रै पूर्ण रुपले साक्षर बनाउने घोषणा यस नगरपालिकाका मेयर हरिनारायण महतोले गरेका छन् । ३९ औँ अन्तराष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रवार ढल्केवरमा एक कार्यक्रम आयोजना गरी मेयर महतोले उक्त घोषणा गरेका हुन् ।

नगरपालिका भित्र निरक्षर उन्मूलन गर्नकै लागि शिक्षालाई नगरपालिकाले दोश्रो प्राथमिकतामा राखेको पनि मेयर महतोले बताए ।

 

मिथिलानगरपालिकाले विद्यालय उमेर समूहका बालवालिका विद्यालय बाहिर नरहेको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतोले भने , नगरभित्रका अति बिपन्न वर्गका वालवालिका किन नरहून सवैलाई नगरपालिकाले विद्यालय जाने ब्यवस्था मिलाउँछ , किन भने विकासको मेरुदण्ड भनेकै शिक्षा हो ।

 

उक्त कार्यक्रममा उपस्थित मेयर, उपमेयर, एघारै ओटा वडाका वडाअध्यक्ष, नगरपालिकाभित्र रहेका सबै विद्यालयका प्रधानध्यापक,अभिभावक र विद्यालय सञ्चालक समितिका पदाधिकारी सबैले उठेर हातेमालो गरेर विद्यार्थी भर्ना अभियान सकिएको तथा विद्यालय उमेर समूहका बालवालिका विद्यालय बाहिर नरहेको घोषणा गर्दै केही वर्षमै मिथिला नगरपालिकालाई पूर्ण रुपले साक्षर बनाउने प्रतिद्धता समेत जनाईएको थियो ।

 

मेयर महतोले सरकारले सुरु गरेको बालवालिका विद्यालय अभियानलाई मिथिला नगरपालिकाले प्रदेश नम्बर दुईमै पहिलो पटक सम्पन्न गरेको दावी समेत गरे । महतोले भने , प्रधानध्यापक, विद्यालय सञ्चालक समितीका पदाधिकारी, वडाअध्यक्ष र अभिवावकहरुको सहयोगले मात्र विद्यार्थी भर्ना अभियान सम्पन्न गर्न सफल भयौँ ।

 

छोरीहरुलाई पढ्न प्रेरित गर्नका लागि मिथिला नगरपालिकाले “मिथिलाको चाहना घरघरमा साहना” कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उपमेयर तारा बस्नेत लामाले मिथिललाई साक्षर बनाउनको लागी उक्त अभियानलाई निरन्तरता दिने बताईन् ।

 

घोषणा कार्यक्रममा नगरपालिकाका विद्यालयमा अध्ययनरत एसइइ परिक्षाम उत्कृष्ट नतिजा ल्याउने पाँच छात्रछात्रालाई सम्मान पनि गरिएको थियो ।

 

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...