दाङका सन्तोष गौतमले यी महिलासँग गरे काठमाडौंमै ‘कु’काम



हाम्रो इकोनोमि

 

 

दाङ जिल्ला घर भएका सन्तोष गौतमले दोलखा जिल्लाकी एकजना महिलाको ठूलो रकम खाइदिएको खुलासा भएको छ । गौतमले महिलासँग पाँच लाख लिएकोमा तीन लाख फिर्ता गरेर बाँकी रकम पचाउने षड्यन्त्रमा लागेको खुलेको छ ।

 

सापटी पैसा लगेका गौतमले ती महिलालाई पैसा माग्दा कोठामा बोलाएर बलात्कार गर्नुका साथै मरणासन्न हुने गरी कुटपिट गरेको रहस्य बाहिर आएको हो । गौतमको कुटाइबाट गम्भीर घाइते कमला केसी (नाम परिवर्तन)को कीर्तिपुरस्थित अस्पतालमा आइसियुमा राखेर उपचार गरिएको थियो ।

 

काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले कीर्तिपुरका डिएसपीविरुद्ध कारकाबाही हुने बताएका छन् । गौतमको पक्षमा लागेर महिलालाई पीडा दिने कार्य भएको भन्दै एसएसपी लामाले अनुसन्धान गरेर न्याय दिइने बताए ।

 

गौतमले भदौ १ गते कलंकीस्थित आफ्नै निवासमा पैसा लिन बोलाएर कमलालाई मरणासन्न हुने गरेर कुटपिट गरेर बिष खुवाएको प्रहरीले जनाएको छ । गौतमको कुटाइबाट गम्भीर घाइते भएकी कमलालाई आइसियुमा राखेर उपचार गरिएको थियो ।

 

साथीको सहयोगमा कमलाले गौतमविरुद्ध प्रहरीको महिला सेल कालीमाटीमा उजुरी दिएपछि गौतम हिरासतमा पुगेका छन् । गौतमलाई कालीमाटीको महिला सेलले भदौ १२ गते पक्राउ गरेको हो ।

 

यसअघि कमलाले गौतमविरुद्ध कीर्तिपुर प्रहरीमा उजुरी दिएकी थिइन् । तर, कीर्तिपुरका डिएसपीले गौतमको पक्षमा लागेर एक दिन मात्रै हिरासतमा राखेर छाडिदिएका थिए ।

 

कीर्तिपुर प्रहरीका डिएसपीले गौतमलाई मोबाइल नम्बर परिवर्तन गर्न र स्कूल छाड्न भनेर सुझाव दिएका थिए ।रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...