दाङका सन्तोष गौतमले यी महिलासँग गरे काठमाडौंमै ‘कु’काम



हाम्रो इकोनोमि

 

 

दाङ जिल्ला घर भएका सन्तोष गौतमले दोलखा जिल्लाकी एकजना महिलाको ठूलो रकम खाइदिएको खुलासा भएको छ । गौतमले महिलासँग पाँच लाख लिएकोमा तीन लाख फिर्ता गरेर बाँकी रकम पचाउने षड्यन्त्रमा लागेको खुलेको छ ।

 

सापटी पैसा लगेका गौतमले ती महिलालाई पैसा माग्दा कोठामा बोलाएर बलात्कार गर्नुका साथै मरणासन्न हुने गरी कुटपिट गरेको रहस्य बाहिर आएको हो । गौतमको कुटाइबाट गम्भीर घाइते कमला केसी (नाम परिवर्तन)को कीर्तिपुरस्थित अस्पतालमा आइसियुमा राखेर उपचार गरिएको थियो ।

 

काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले कीर्तिपुरका डिएसपीविरुद्ध कारकाबाही हुने बताएका छन् । गौतमको पक्षमा लागेर महिलालाई पीडा दिने कार्य भएको भन्दै एसएसपी लामाले अनुसन्धान गरेर न्याय दिइने बताए ।

 

गौतमले भदौ १ गते कलंकीस्थित आफ्नै निवासमा पैसा लिन बोलाएर कमलालाई मरणासन्न हुने गरेर कुटपिट गरेर बिष खुवाएको प्रहरीले जनाएको छ । गौतमको कुटाइबाट गम्भीर घाइते भएकी कमलालाई आइसियुमा राखेर उपचार गरिएको थियो ।

 

साथीको सहयोगमा कमलाले गौतमविरुद्ध प्रहरीको महिला सेल कालीमाटीमा उजुरी दिएपछि गौतम हिरासतमा पुगेका छन् । गौतमलाई कालीमाटीको महिला सेलले भदौ १२ गते पक्राउ गरेको हो ।

 

यसअघि कमलाले गौतमविरुद्ध कीर्तिपुर प्रहरीमा उजुरी दिएकी थिइन् । तर, कीर्तिपुरका डिएसपीले गौतमको पक्षमा लागेर एक दिन मात्रै हिरासतमा राखेर छाडिदिएका थिए ।

 

कीर्तिपुर प्रहरीका डिएसपीले गौतमलाई मोबाइल नम्बर परिवर्तन गर्न र स्कूल छाड्न भनेर सुझाव दिएका थिए ।रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...