वाइसीएल अध्यक्ष रातोपुलबाट पक्राउ



हाम्रो इकोनोमि

वाइसीएलका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शरीर बन्धक र धाकधम्की दिएको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले श्रेष्ठलाई शुक्रबार नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

सिन्धुली कमलामाई ५ घर भई हाल राजधानकीको रातोपुल बस्दै आएका रामबहादुर कटुवाललाई श्रेष्ठले ज्यान मार्ने धम्की दिएको उजुरी परेको जनाइएको ।

घर निर्माणका लागि श्रेष्ठले कटुवाललाई ठेक्का दिएको र घर निर्माणपछि रकम माग्दा धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
श्रेष्ठले यसअघि २०७३ पुस ४ गते गणेशकुमार कुँवरलाई बन्धक बनाए रकम लुटेको समेत खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

कुँवरलाई साथी शुक्रराज तामाङको डेरामा लगेर ५० हजार, सुनको औठी, मोवाइल र कुलबहादुर तामाङको नाममा ११ लाखको चेक काट्न लगाएको देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...