प्रदेश १ का मुख्यमन्त्री शेरधन राई मंसिरमा वैवाहिक जीवनमा बाधिदै, को होलिन ती भाग्यमानी युवती ?



 

अविवाहत हुँदै मुख्यमन्त्री बन्न सफल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छिट्टै बिहे गर्न लागेको कुराको खुलासा गरेका छन् ।

 

राजनीतिमा लाग्दा बिहेको बारेमा सोच्ने नभ्याएको बताउदै आएका राईले यसरी लगन गाँठो कस्न अहिले चाहिँ कसरी समय मिलाए होलान बन्ने जिज्ञासामा राईले जीवनमा साथीको महशुस हुँदै गएकाले बिहे गर्नि निधोमा पुगेको जनाए ।

 

यस्तै, राजनीतिलाई बुझ्ने र यो पेशालाई सम्मान गर्ने युवतिको खोजीमा रहेको भन्दै राईले बिवाह हुने युवतीको नाम भने खुलाउन चाहेनन् । यसै वर्षको मंसिरमा लगनगाँठो कस्ने सुरसारमा रहेका राईले विवाह भने सामान्य तरिकाले हुने जनाए ।

 

बिवाहको प्रसंगमा राईले भने,‘राजनीतिमा लागेर देशको सेवा गर्दागर्दै मैले विवाह गर्ने सोच्नसम्मपनि सकिँन् । अब भने यही मंसिरमा विवाह गर्छु । मैले विवाह गर्ने निर्णय गरें ।’

 

केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार दिन कुनै किसिमको सम्झाैता गर्न नहुने तर्क समेत उनको छ । संघियताको मर्म र संविधानको मरमलाई सवैलाई कडाइका साथ पालना गरे यस्ता समस्या आउन नै नपाउने तर्क राईको छ ।

एसपी विष्ट, किरण र आयुषको डिएनए परीक्षण सुरु

१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुुुन्धानमा हेलचेक्र्याइँ गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित घटनामा संलग्न भएका अन्य २ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

 

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको हो ।

 

यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परीक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो । विष्टसँगै घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको थियो ।

 

प्रहरी नै लुकाउँछ बलात्कार घटना, निलम्बनमा परेकैलाई नै पुरस्कार !

बलात्कार संवेदनशील विषय हो। यस्ता विषयमा प्रहरीले हदैसम्मको संवेदनशीलता देखाउनुपर्छ। तर कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी गम्भीर नबन्दा अनुसन्धान झन् जटिल बन्दै गएको छ। फलस्वरूप घटनाबारे गृहमन्त्री रामबहादुर थापाले संसदमै जवाफ दिनुपर्ने अवस्थासमेत सिर्जना भएको छ।

 

कञ्चनपुर घटनामा प्रहरीकै संलग्नतालाई लिएर अनेक आशंका उब्जिएका छन्। यस्तो अवस्थामा प्रहरीलाई नै कारबाही गर्ने तालुक निकाय प्रहरी मुख्यालय र गृह मन्त्रालय संवेदनशील हुनुपर्ने हो। तर ऊ पनि मूक बसिदिएपछि घटनालाई लिएर सर्वसाधारणमा आक्रोशसमेत बढ्दै गएको छ।

 

त्यति मात्र होइन, निलम्बनमा परेका प्रहरीलाई पुरस्कृतसमेत गरिएको पाइएको छ। पछिल्लो एक वर्षमा भएका बलात्कारकै विभिन्न घटनाले पनि यस्तो पुष्टि गरेका छन्।

 

एक वर्षअघि दरबारमार्गमा एक किशोरीमाथि भएको सामूहिक बलात्कार भयो। उक्त घटनामा ढाकछोपका लागि प्रहरी कर्मचारीलाई केही दिन निलम्बन गरियो। तत्कालीन दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीलाई सरुवा पनि गरियो।

 

प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी निलम्बनमा परे। ठकुरीले पैसा लिने सर्तमा उक्त घटना मिलाएको तत्कालीन प्रहरी अनुसन्धानबाट खुलेको थियो। तर ठकुरी अहिले चितवनमा कार्यरत छन्। आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका भारती बर्दियाको इलाका प्रहरी कार्यालय राजापुरमा इन्चार्जका रूपमा कार्यरत छन्।

 

२०७४ पुसमा सुनसरीको इटहरीमा १४ बर्से बालिका बलात्कारको सिकार भइन्। उक्त घटनामा मिलापत्र गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझी निलम्बनमा परे।

 

तर उनलाई पनि सरकारले हालै राष्ट्रपतिका हातबाट प्रबल जनसेवा श्री पदकले सम्मान गर्‍यो। बलात्कार जस्तो संवेदनशील घटनामा मिलापत्र गराएको भन्दै निलम्बनमा परेका एसपी माझीले सम्मान पाउँदा संगठनभित्र हँसीमजाक भयो।

 

यी दुई घटनाले प्रहरीका कमजोरी उजागर गरेका छन्। सँगै निर्मला हत्या आरोपमा प्रहरीले कञ्चनपुरका दिलीपसिंह विष्टलाई पक्राउ गर्‍यो। विष्टको बानीव्यहोरा र पृष्ठभूमिलाई मात्रै प्रमाण बनाएर सीआईबी टोलीले उनलाई पक्राउ गरेको थियो।

 

यस विषयमा गृहमन्त्री थापाले प्रहरी नेतृत्वसँग सोधपुछ पनि गरे। जवाफमा प्रहरी नेतृत्वले ‘विष्ट आरोपी हुन्, प्रारम्भिक अनुसन्धानमा पनि उसले नै घटना गराएको हो’ भनेर रिपोर्टिङ गरे। विष्टलाई प्रहरीले अनेक यातना पनि दियो। तर परीक्षणमा विष्टको डीएनए मिलेन। यससँगै उनी रिहा भए।

 

अझै पनि कञ्चनपुर घटनालाई लिएर सर्वसाधारणमा अनेक आशंका उब्जिएकै छन्। यस विषयमा प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री भन्छन्, ‘दोषी देखिएको अवस्थामा प्रहरी जहिल्यै कारबाहीमा पर्छन्। निलम्बन भनेको प्रारम्भिक अनुसन्धान हो। अनुसन्धानले उसको पूर्ण मिलेमतो नदेखिएपछि निलम्बित फुकुवा हुन्छन्।’

 

निलम्बनमा पर्दैमा प्रहरीको जागिर जाने अवस्था नरहने उनको भनाइ छ। निलम्बनमा परेकालाई प्रहरीको नियमावलीअनुसार ग्रेड घटुवा, नसियत दिने, दर्जा घटाइनेलगायत आन्तरिक कारबाही हुँदै आएको उनले बताए।

 

निलम्बनमै परेका प्रहरीलाई पुरस्कृत गर्ने विषयमा भने प्रहरी अधिकारीहरू त्यति खुल्दैनन्। ‘निलम्बनमा परेकाहरू पुरस्कृत हुनुमा राजनीतिक दबाब र प्रहरी नेतृत्वसँगको निकटता नै मुख्य कारण हुन्’, प्रहरी मुख्यालयका एक उच्च अधिकृत भन्छन्, ‘सकभर कारबाही रोक्न खोज्ने र कारबाही भइहाले राजनीतिक दौडधुप गरेर त्यसलाई ढाकछोप गर्न प्रहरी नेतृत्वलाई दबाब दिने प्रवृत्ति हाबी छ।’

 

 

प्रहरी सधैं गम्भीर छ, सर्वेन्द्र खनाल, प्रहरी महानिरीक्षक

कञ्चनपुर घटनाले प्रहरीका कामकारबाहीप्रति प्रश्न उठेका छन्। हामीले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्‍यौं। त्यहाँ खटिएका अन्य प्रहरी कर्मचारीमाथि पनि छानबिन भइरहेको छ।

 

 

घटना भइसकेपछि अनुसन्धानका लागि विभिन्न पाटो केलाउनुपर्छ। घटना यसैले गरायो भनेर यकिन नहुँदा शंकास्पद व्यक्ति पक्राउ गर्नैपर्छ। सोधपुछका लागि ल्याइएका व्यक्तिलाई थप अनुसन्धान गर्नुपर्ने भएपछि अदालतबाट म्याद लिनैपर्‍यो।

 

गैरन्यायिक थुनामा राख्न पाइएन। अनुसन्धान र तथ्यले मेल खाएन भने शंकास्पद भनिएका व्यक्ति पनि छुट्छन्। विष्ट पक्राउ प्रकरण पनि त्यही एउटा कडी हो। डीएनए परीक्षणका लागि उनलाई काठमाडौं झिकाइयो। उनको डीएनए मिलेन। र उनी छुटे। यसमा प्रहरीको फसाउने नियत कहाँ देखिन्छ ?

 

घटनामा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराजको कमीकमजोरी भएकै हो। उनले पन्त हत्याको घटनालाई गम्भीर ढंगले नलिएकै हुन्। त्यसैले सीआईबीबाट टोली पठाएका हौं। म आफैं पनि घटनाबारे बुझ्न कञ्चनपुर पुगें। बुझ्दा त्यहाँ खटिएका प्रहरी संवेदनशील नभएकै पाएँ।

 

पन्तको बलात्कारपछि हत्या भएको घटनामा संगठनकै कर्मचारी संलग्न भएको पाइए उनीहरूलाई बर्खास्त गर्छु। यो घटना गुपचुप राख्ने व्यक्ति पनि छानबिनको दायरमा आउँछन्। तर एउटा व्यक्ति संवेदनशील नभएको घटनालाई लिएर समग्र संगठनलाई मुछ्नु उचित होइन।

 

प्रहरी सधैं गम्भीर छ। सीमित स्रोतसाधन हुँदाहुँदै पनि हामीले काम गरिरहेका छौं। १२ वर्ष पुरानो रानीबारी हत्याकाण्ड पनि प्रहरीले नै पत्ता लगाएको हो। यसलाई पनि त भुल्नुभएन नि।

 

 

‘कि न्याय देऊ, नभए गोली’, दुर्गादेवी पन्त, निर्मलाकी आमा

हामी काठमाडौं आएका छौं। सरकारले ५० दिनसम्म पनि कुनै हत्यारा पत्ता लगाएको छैन। प्रधानमन्त्री पनि यहीँ हुनुहुन्छ। न्याय दिलाउने राज्य यहीँ छ। राष्ट्रपति पनि महिला हुनुहुन्छ। यो घटनामा उहाँले सोच्नुपर्ने हो। उहाँ पनि आमा हुनुहुन्छ। अहिले मेरी छोरी मारिइन्। त्यो ठाउँमा उहाँ (राष्ट्रपति)की छोरी भइदिएको भए के हुन्थ्यो ?        त्यो उहाँले सोचेर न्याय दिलाइदिनुस्।

 

न्याय नपाई घर फर्कनु कसरी ?        दुई छोरी घरमै छाडेर आएकी छु। न्याय दिलाउनुस्। झुलाएर नफर्काउनुस्। होइन भने मलाई पनि गोली हानेर मारिदिनुस्।

 

 

प्रहरीले नाटक गर्‍यो, यज्ञराज पन्त, निर्मलाका बुवा

साउन ९ गते रोशनी बम घर आइन्। निर्मलालाई बहिनी जसरी पनि आऊ, अम्बा पाकेका छन् भनेर उनले बोलाइन्। त्यसपछि निर्मला गएकी हुन्। तर उनी साँझ ६ बजेसम्म आइनन्।

 

बमको बाहिर चारैतिर पर्खाल लगाएको घर थियो। हामी सोध्न गयौं। तर निर्मला घर फर्किसकिन् भनेर हामीलाई पठाइयो। त्यत्तिकैमा हामीलाई उल्टै ‘तेरी छोरी पोइला गएपछि हामीलाई के सोध्छौ ?        ’ भनेर हप्काए।

 

प्रहरीलाई सोही दिन राति साढे आठ बजे खबर गर्‍यौं। गड्डाचौकीमा माइती नेपालमा पनि सूचना दियौं। तर वडा प्रहरी कार्यालयले अहिले हामी जान सक्दैनौं भने। ती केटी (बम दिदीबहिनी) बद्नाम भएका केटी हुन्। अहिले जान सक्दैनौं भने।

 

त्यहाँ नभएपछि सालघारी चौकी पुग्यौं। राति १२ बजेको थियो। प्रहरी जान तयार भए। बर्दी र जुत्ता लगाए। चौकीका सई सा’पले जिल्लामा (जिल्ला प्रहरी कार्यालय कञ्चनपुर) मा सोध्नुपर्छ भने। जिल्लाले नजाऊ भनेको छ भन्दै सई सा’पले जान दिएनन्।

 

प्रहरी मेरो साथी भनेर कार्यक्रम ल्याइएको छ। तर हाम्री छोरी खोज्न त गएनन्। उल्टै प्रमाण नष्ट पारे। हामीले भनेको समयमा प्रहरी गइदिएको भए सायद प्रहरीले मेरी छोरीलाई जीवितै उद्धार गर्न सक्थ्यो कि ?

 

११ गते फोटोसहित उजुरी लिएर जिल्लामा पुग्यौं। उजुुरी दिएर फर्किंदा बम दिदिबहीनीको घरमा दुई जना जना सादा पोसाक र बर्दीवाला प्रहरी थिए। कहाँबाट आए थाहा भएन। त्यहाँ पनि हामीलाई धम्क्याइयो। प्रहरीको साथ पाएनौं।

 

बबिताले साइकल भेटिएपछि लास पनि उतै भेटिन्छ भनिन्। त्यो उनले कसरी भनिन्। प्रहरीले यतिसम्म गर्‍यो कि मेरी छोरीको सर्टको खल्ती च्यातेर दिलीपसिंह विष्ट (हाल पक्राउ परेर छुटेका)को घरको पछाडि लगेर राखेका रहेछन्। मलाई विष्टले नै मारेको रहेछ भनेर भने। मैले होइन त्यसले भनें। तर विष्टले नै स्विकारिसकेको छ भनेर मलाई जबर्जस्ती किटानी जाहेरी दिन लगाए।

 

मलाई विष्टको घरमा राखे। उनीहरूले घरपछाडिबाट खोजे जस्तो गरी सर्टको टुक्रा देखाए। पानी परेको ठाउँमा मेरी छोरीको लास भेटिएको थियो। तर सर्टको कपडा सुक्खा र सफा थियो। प्रहरीले नै प्रमाण नष्ट गर्‍यो। नाटक रच्यो।

 

 

एसपीसहित तीनको डीएनए परीक्षण सुरु

प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट (हाल निलम्बित)सहित तीनजनाको डीएनए परीक्षण सुरु गरेको छ।

 

गत साउन १० गते घरबाट हिँडेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको हत्या प्रकरणमा एसएसपी विष्टसहित तीन जना शंकाको दायरामा परेपछि उनीहरूको डीएनए परीक्षण सुरु गरिएको हो।

 

हाल निलम्बनमा रहेका एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको रगत लिएर एीनए परीक्षण सुरु गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।

 

निर्मला प्रकरणमा मुछिएका आयुष सुरेन्द्रका भतिजाका साथै कांग्रेस महासमिति सदस्य भूपेन्द्र विष्टका छोरा पनि हुन्। ‘हाल निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए टेस्ट प्रक्रिया अघि बढाएका छौँ’,

 

प्रवक्ता क्षेत्रीले भने, ‘प्रहरी प्रधान कार्यालयले निर्मलाको बलात्कार र हत्या प्रकरणमा पीडितका आफन्तको प्रश्न सम्बोधन गर्न तत्कालीन एसपी विष्टसहित तीन जनाको डीएनए परीक्षण गराउन विधि विज्ञान प्रयोगशालामा प्रक्रिया अघि बढाइसकेका छौँ।’

 

निर्मलाका अभिभावक र आफन्तको गुनासो सम्बोधनसँगै अभियुक्त पत्ता लगाउन थप प्रमाण जुटाउन डीएनए परीक्षण थालिएको उनको भनाइ छ। ‘बिहीबारै एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षणका लागि रगत झिकेर विधिविज्ञान प्रयोगशाला पठाइएको छ’, उनले भने, ‘निर्मलाको डीएनएसँग मेल खाएमा छाड्दैनौ, कारबाही गर्छौं।’

 

यसअघि मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासतमा राखिएका ४१ वर्षीय दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डीएनए परीक्षण गरिएको थियो। तर निर्मलासँग ती दुवैको डीएनए नमिलेपछि जनआक्रोश झनै बढेको छ।

 

 

प्रहरीको अर्को समिति

यसैबीच एसपी विष्ट र सीआईबीबाट अनुसन्धान टोलीमा खटिएका प्रहरीको भूमिका शंकास्पद देखिएपछि थप आन्तरिक छानबिनका लागि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा नयाँ समिति बनाइएको पाइएको छ।

 

प्रहरी प्रधान कार्यालयले भदौ १४ गते नै सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरे पनि बिहीबार मात्रै सार्वजनिक भएको छ। प्रहरीले आन्तरिक रूपमा काम गरिरहेको प्रहरी प्रवक्ता एसएसपी क्षेत्रीले बताए। ‘यो छानबिन समिति आकस्मिक होइन, हामीले निरन्तर अनुसन्धान गरिरहेका छौं’, उनले भने।अन्नपुर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्