बीरगंज भन्सारका कर्मचारी र ट्रान्सपोर्ट कम्पनी मिलेर अर्बौं राजश्व छलेको खुलासा



हाम्रो इकोनोमि

 

ट्रान्सपोर्ट कम्पनीहरुले तस्करीको सामान ल्याउने गरेको गुनासोपछि चितवन प्रहरीले २०७५ भदौ १६ मा एउटा ट्रक बरामद गरी खानतलासी गर्ने क्रममा प्रज्ञापनपत्रमा उल्लेख भए भन्दा झन्डै दोब्बर परिमाणमा तयारी कपडा फेलापारेको छ ।

 

बीरगंजबाट काठमाडौंतर्फ जान लागेको साझा ट्रान्सपोर्टको ना ३ ख ४५५९ ट्रक भन्सारछली गरी सामान भित्र्याएको गुनासोपछि बरामद गरेको थियो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनले बरामद गरेको उक्त ट्रकमा फेन्सी सामान लोड गरिएको थियो । तर प्रहरीलाई भने ट्रक चालकले खाद्यान्न भनेर झुटो जानकारी दिएपछि बरामद गरिएको प्रहरीले जनाएको छ ।

बीरगंज भन्सारको लाइनअनुसार ट्रान्सपोर्टहरुले तस्करी गर्दैआएका थिए । चितवनमा बरामद भएको ट्रकमा खानतलासी गर्दा रेडिमेड कपडाहरु बिल र प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा धेरै बढी फेलापरेका थिए ।

 

चितवन प्रहरी कार्यालयले भन्सार कार्यालय बीरगंजमा भन्सार छली भएको सामानको विवरणसहित ट्रक बुझाए पनि भन्सारले बुझ्न नमानेपछि विवाद सतहमा आएको छ ।

 

भन्सार कार्यालयसंग मिलेर तस्करी धन्दा संचालन गर्दैआएका ट्रान्सपोर्ट कम्पनीहरुले बीरगंजमा केही पत्रकारहरु जम्मा गरेर  प्रहरीलाई ट्रक बरामद गर्ने अधिकार नै नभएको भन्दै विवाद सृजना गरेका छन् ।

 

ट्रक बरामद गरेर तस्करीमा बाधा पु¥याएको आक्रोसमा साझा ट्रान्सपोर्टका संचालकले प्रहरीले महिनावारी घुस मागेको भन्दै बीरगंजका पत्रकारहरु उचाल्ने काम गरेका छन् ।

 

बीरगंज भन्सारले नेपाली कांग्रेसको सत्ताकालमा न्यून बिजकीकरण गर्ने वा सामान नै कम घोषणा गरी ३ बर्षमा अर्बकै अंकमा राजस्वमा हानी पु¥याउने काम भएको स्रोत बताउ“छ ।

 

स्रोतका अनुसार बीरगंज भंसारका कर्मचारीहरुले ट्रान्सपोर्टहरुसंग मिलेर तस्करीको संजाल नै संचालन गरी दसौं करोड रुपैयाँ आर्जन गरेको स्रोतको दावी छ ।

 

तर २ हजार, ५ हजार रुपैयाँ घुस खाने खरिदार नायबसुब्बा समात्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौं घुस खाने अधिकृतहरुको अकूत सम्पत्ति आर्जन गर्नेहरुलाई छुन समेत सकेको छैन ।

 

भंसार, राजश्वको हाकिम बनेर  भारतदेखि अष्ट्रेलिया र अमेरिकासम्म हुण्डी मार्फत धन पु¥याउनेहरुलाई अख्तियार  देखेको नखेख्यै गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...