राष्ट्रपति ज्यू, तपाईँ पनि महिला भएकाले मेरो छोरीलाई आफ्नै छोरी सम्झिएर न्याय दिलाउनुहोस्ः निर्मलाको आमा



हाम्रो इकोनोमि

 

निर्मला बलात्कार-हत्या प्रकरणबारे काठमाडाैंमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै कञ्चनपुरवासी स्थानीय जनताले सरकार नै न्याय दिलाउने कुरामा अनकनाउने गरेको गुनासो गरेका छन् ।

 

साक्षात्कार कार्यक्रममा बोल्दै निर्मलाका बुबाले भने, ‘न्याय दिन सकिदैन भने हाम्रा परिवारका सदस्यलाई गोली हानेर मारिदिए हुन्छ ।’ मृतक बालिकाका बुबाले पीडितको भावनामा खेलवाड गरेको जनाएका छन् ।

 

निर्मलाकी आमाले आफ्नो छोरीलाई न्याय दिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसंग विशेष आग्रह गरेकि छन् । उनले प्रधानमन्त्री आेली र राष्ट्रपति भण्डारीसंग न्याय दिलाउन विशेष माग गर्दै उनले खाली हात कञ्चनपुर फर्कनु भन्दा प्राण त्याग गर्ने समेत जनाएकी छन् ।

 

यस्तै, छानविन समितिबाट राजीनामा दिएर फर्केका समिति सदस्य वीरेन्द्र केसीले राजीनामा बुझाएर उनी त्यहि समितिमा फर्कनुले केसीमाथि नै छानविन हुनु पर्ने देखिन्छ ।

 

यस्तै, प्रधानमन्त्री आेलीले झुट्टा कुरा बोलेर बम दिदी बहिनीको बचाउ गर्नु समेत अत्यन्तै लज्जास्पद कुरा रहेको भन्दै निर्मलालाइ न्याय दिलाउने अभियानमा संलग्न अदिकारकर्मीले साक्षात्कारमा जनाएका छन् ।

 

कञ्चनपुरका जनतालाई प्रधानमन्त्री आेलीले विदेशी नागरिकको जस्तो व्यवहार गरेको भन्दै आक्रोस व्यक्त गरिएको छ । साक्षात्कार कार्यक्रममा बोल्दै प्रत्यक्षदर्शी स्थानीयले प्रधानमन्त्रीमाथि आक्रोस व्यक्त गरेका छन् ।

 

अपराध लुकाउन सरकार प्रमुख नै अग्रसर रहेको उनीहरुको आरोप छ । न्याय माग्दै ४८ दिनसम्म भाैतारिदा सम्म सरकारले सहयोगको सट्टा झुठमाथि झुठको खेति गरेकाले यसप्रति सरकार गम्भीर भएन भने कञ्चनपुर अझैं अशान्त हुने पक्का छ ।

 

यस्तो भनिन् निर्मला पन्तकी आमालेः

अहिलेसम्म हत्यारा पत्ता लागेर हाम्रोसामू खडा भएन । हामी न्याय खोज्न यहाँ आएका छौं । प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ । न्याय दिलाउने जिम्मा उहाँहरूमा छ ।

 

न्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनुस् । तपाईंको पनि छोरी सम्झिनुस् ।

 

मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु । एकदिन पनि छोरीविना बाँच्न गाह्रो हुने मान्छे अहिले दुईवटा छोरीहरू छोडेर आएकी छु ।

न्याय दिनुस् । अहिलसम्म जस्तै भुलाएर नफर्काइदिनुहोला । न्याय नपाई कसरी फर्किनु । न्याय दिन सक्नुहुन्न भने– हामी न्याय दिन सक्दैनौं, तपाईंलाई मार्न चाहन्छौं भन्नुहोला ।

मेरो छोरीको बलात्कार भएर बितेर अहिले देश नै रोइरहेको छ । मलाई पनि मार्छु भन्नुस्, गोली ठोक्नुस् । म पनि मर्न चाहन्छु । जसरी पनि न्याय दिनुस् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...