त्रिशुलीमा हाम फालेर महिला बेपत्ता



हाम्रो इकोनोमि

 

 

चितवनको कुरिनटारमा त्रिशुलीमा हाम फालेर एक महिला वेपत्ता भएकी छन् ।

इच्छाकामना गाउँपालिका ४ मा पर्ने मनकामना केबलकार स्टेसन नजिकैको पुलबाट नदीमा हाम फालेर सिन्धुलीको दुधौली नगरपालिका २ भुलवाही घर भई काठमाडौं बस्ने २७ बर्षकी दीक्षा खनाल बेपत्ता भएकी हुन् ।

उनी बुधबार श्रीमान कुशल पौडेल ३ वर्षका छोरासँगै कुरिनटार आएकी थिइन् । छोरा हार्दिक पौडेललाई केबलकार रेष्टुरेन्टमा छाडेर त्रिशुलीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बेपत्ता दीक्षाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वेपत्ता महिलाको खोजीका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...