७० वर्षीया वृद्धा ‘बलात्कार गर्ने यसरी परे प्रहरी फन्दामा



हाम्रो इकोनोमि

 

 

पोखराकी एक ७० वर्षीया वृद्धा बलात्कृत भएकी छन् । पोखरा महानगरपालिका–३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

 

राम्रोसँग आँखा समेत देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको आरोप छ ।

एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए ।

 

उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो । ती वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

 

पीडित महिला र उनको परिवारले पाण्डेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्रमान गुरुङले भने, ‘वृद्धा महिलाले ममाथि बलात्कार भयो मात्र भन्न हुन्छ, बलात्कारको प्रयास मात्र भएको हो वा बलात्कार नै भएको हो भन्ने खुलेको छैन ।’

 

पाण्डे अझै प्रहरीको सम्पर्कमा आइसकेका छैनन् । किटानी जाहेरीपछि प्रहरीले बलात्कार गर्ने व्यक्तिको खोजी गरिरहे पनि पक्राउ गर्न सकेको छैन । यद्यपि पाण्डेका आफन्तले भने बलात्कारको अनावश्यक आरोप मात्र लगाइएको दाबी गरेको छ ।

 

उनीहरुले पाण्डेलाई उपस्थित गराउने बताएको प्रहरी स्रोत बताउँछ । प्रहरीले बलात्कार भए(नभएको बुझ्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृद्धाको स्वास्थ्य परीक्षण गराएको छ । त्यसको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।

 

यो पनि पढनुस्

६१ वर्षे बृद्धको हत्यापछि दुई दिदीबहिनीले गरे आत्मसमर्पण

 

रामेछापमा १३ र १८ वर्षीया दुई किशोरीले एकजना बृद्धको हत्या गरेका छन् ।

 

जिल्लाको रामेछाप नगरपालिका-७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरी ती दिदीबहिनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

 

ढालबहादुरको हत्या गरेको भन्दै सोही ठाउँकी १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठले प्रहरी समक्ष आत्मासमर्पण गरेका हुन् ।

 

ढालबहादुरलाई उनकै घर अगाडि बाटोमा बिहान ७ बजेतिर रडले हानेर हत्या गरेको दालकुमारी र सुष्मताले बताएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

 

उनीहरुले बृद्धको बानिब्यहोरा ठीक नभएकोले हत्या गरेको बयान दिएको रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रबहादुर सिंहले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...

लगानीको वातावरण नहुँदा कर्जा विस्तार रोकियो : राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर विगत केही वर्षयताकै न्यून स्तरमा...