पहिरोका कारण चिनियाँ नाकामा सडक अवरुद्ध, कन्टेनर बाटैमा रोकिए



 

 

ढुंगासहित पहिरो खसेपछि रसुवागढी भएर भित्रिने मालवाहक सवारीका साधन बाटैमा रोकिएका छन् ।

 

रसुवाको धुन्चे बजार देखि ३ मीटर नजिकको खोपङ्गभीर भन्ने स्थानमा पहिरो खसेपछि करिब मालकवाहक गाडी बीच बाटोमा नै रोकिएका छन् ।

 

रसुवाका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर ओमप्रकाश वाग्लेले बाटोअवरुद्ध भएर मोटरसाईकल समेत ओहोर–दोहोर गर्ने अवस्था नरहेको बताए ।

 

आईतबार पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन नसकेको उनले बताए । खोपङ्ग भीरमा पहिरो खसेपछि धेरै गाडीहरु रसुवागढी नाकातर्फ रोकिएका छन् । चीनबाट फर्किएका धेरै कन्टेनरमा स्याउ र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका सामानहरु भएको निमित्त प्रहरी प्रमुख वाग्लेले जानकारी दिए ।

 

चीनबाट दशैंका लागि तयारी कपडा, जुत्ता, चप्पल, खाद्यान्न, बिद्युतीय उपकरण लगायतका सामाग्री लिन जान लागेका करिब डेढ सय कन्टेनर र ट्रकहरु पनि अगाडि जान सकेका छैनन् ।

 

टिमुरेबाट स्याफ्रुसम्ममात्रै करिब ५० ट्रक र कन्टेनर रोकिएको सीमा प्रहरी चौकी टिमुरेका इन्सपेक्टर दिलिप क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार धुन्चेमा करिब ४० ट्रक र कन्टेनर अलपत्र परेका छन् ।

 

चाडबाडका बेला पटक–पटक बाटो अवरुद्ध हुँदा बजारमा समेत अभाव सिर्जना हुन थालेको व्यवसायीको गुनासो छ ।

 

यसअघि पनि खोपाङ्गभीर भन्ने स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । गत भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा १५ दिन बाटो ठप्प भएको थियो ।

 

 

पहिरो पन्छाउने प्रयास भइरहेको छः प्रजिअ

बाटो खुलाउने प्रयास भइरहेको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले  भने– ‘चीनतर्फ जान लागेका र लिएर आएका करिब ३ सय कन्टेनर र ट्रक बाटैमा रोकिएका छन् । मंगलबारदेखि नै पहिरो पन्छाउने काम थालिए पनि ठूला ढुंगा हटाउन कठिनाइ भइरहेको छ ।’

 

सडक विभागसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ । पहिरो हटाउनका लागि दुई वटा स्काभेटर तथा एक एक वटा लोडर र जेसीभी प्रयोग भइरहेको छ ।

 

बाटो छेकेका दुईवटा ढुंगा ब्रेकरले फुटाएर हटाउने प्रयास भइरहेको तर पानी पर्ने क्रम नरोकिएकाले माथिबाट फेरि पहिरो खस्ने जोखिम रहेको प्रजिअले बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्