कञ्चनपुर हत्या प्रकरण, आर्इजीपीको हातमा पर्‍यो घटनामा संलग्न अपराधीको नाम, आर्इजीपी भए सक्ड, को हुन् उनी



हाम्रो इकोनोमि

 

 

 बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुनः समितिमा फर्किए लगत्तै यसअघि नै अार्इजीपी सर्वेन्द्र खनालकाे हातमा परेकाे  भीअार्इपी अपराधीकाे बारेमा गहिराे रुपमा अनुसन्धान हुने भएकाे छ।

 

उच्चस्तरीय छानविन समिति र प्रहरी स्रोतका अनुसार निर्मलाको वास्तविक हत्यारा पहिचानकाे महत्वपूर्ण संकेत प्राप्त भएका छन् ।

 

१० साउनमा निर्मलालाई आशंका गरिएको हत्याराले मोडल बनाइदिने भन्दै बोलाएको जानकारी दिंदै स्थानीय केही महिलाले प्रहरी महानिरीक्षक खनाललाई लिखित रुपमैं आफूले पाएका जानकारी दिएको स्रोतको भनाई छ ।

 

ढिलो गरी स्थानीय वासिन्दाले केही महत्वपूर्ण सुराक दिएकोले ती सुराकमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

स्रोतका अनुसार आशंका गरिएको हत्यारा समूहमा थियो । उसले त्यसअघि निर्मलालाई लुगा किनेर दिएको पनि महानिरीक्षक खनाललाई दिइएको लिखित जानकारीमा उल्लेख भएको स्रोतको कथन छ ।

 

स्रोतले महानिरीक्षक खनाललाई दिइएको लिखित जानकारीमा आशंका गरिएको हत्याराले निर्मलासँगै १० साउनमा अर्की एक किशोरीलाई पनि भेट्न बोलाएको तर कारणवश अर्की किशोरी जान नपाएको उल्लेख भएको बताइएको छ । लिखित जानकारीमा आशंका गरिएको हत्याराको नाम नै किटान गरिएको बताइएको छ ।

 

स्थानीय महिलाले महानिरीक्षक खनाललाई दिएको लिखित जानकारीमा बम दिदीबहिनीलाई मूख्य सूत्राधार औल्याइएको पनि स्रोतले जानकारी दिएको छ ।

 

महानिरीक्षक खनाललाई लिखित जानकारी बुझाउन पुगेका महिलाहरुले १० साउन मध्यरातमा बम परिवारको घरमा हल्लाखल्ला सुनिएको मौखिक जानकारी पनि दिएका छन् ।

 

उनीहरुले त्यसै रात बम परिवारको घरनजिक एउटा घरमा भैंसी ब्याएको र भैंसी कुरेर बसेका महिलाले घटनाबारे धेरै थाहा पाएको पनि महानिरीक्षक खनाललाई बताएका स्रोतको भनाई छ ।

 

स्थानीय महिलाले महानिरीक्षक खनाललाई लिखित रुपमैं दिएको जानकारी उच्चस्तरीय समितिलाई मौखिक रुपमा दिएका छन् । त्यो जानकारीमाथि अनुसन्धान चलिरहेकोले आशंका गरिएका व्यक्तिहरुलाई हिरासतमा नलिइएको प्रहरी स्रोतको भनाई छ ।

 

महानिरीक्षक खनाल लिखित रुपमै अपेक्षा नगरेको जानकारी पाएपछि अचम्भित भएका उपस्थित एक व्यक्तिले बताए । सो लिखितको प्रतिलिपी प्राप्त हुन नसकेकाले नेपालपानाले ती नाम प्रकाशित गर्न असमर्थ छ ।नेपालपानाबाट

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....