सेनामा पनि सर्बोच्चको आँखा, प्रधान सेनापति थापालाई पहिलो गाँसमै ढुंगा, रोक्यो सेनाको बढुवा



हाम्रो इकोनोमि

 

 

नेपाली सेनाका नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद २०७५ भदौ २४ गते सपथ लिएकै भोलिपल्ट भदौ २५ गते पहिलो गाँसमै ढुंगा लागेको छ।

 

थापाले  कायममुकायम प्रधानसेनापतिको हैसियतले सहायक रथीबाट उपरथीमा बढुवाका लागि सिफारिस गरिएका रघु भण्डारी र नरेश भट्टको बढुवा सर्बोच्च अदालतको अन्तरिम आदेशले  रोकेको छ।

 

नेपाली सेना स्रोतले बताए अनुसार,  आफूलाई बढुवा सिफारिस नगरेर अन्याय गरेको भन्दै वरिष्ठ सहायक रथी नयनराज दाहालले प्रस्तुत गरेको रिट निवेदनमा सर्बोच्च अदालतका  न्यायाधीश  अनिल कुमार सिन्हा  र सपना मल्ल प्रधानको इजलासले २०७५ भदौ २५ गते अन्तरिम आदेश जारी गर्दै रघु भण्डारी र नरेश भट्टको बढुवा नगर्नु/ नगराउनु भन्ने पत्र रक्षा मन्त्रालयमा भदौ २६ गते पुगेको र रक्षाले नेपाली सेनाको हेडक्वाटरलाई जानकारी गराएको छ।

 

तत्कालीन  प्रधान सेनापति राजेन्द्र क्षत्रीको पालामा अनलाइन ब्याचलर सहायक रथी नयनराज दाहाल अर्का सहायक रथी  रघु भण्डारीले सेनाका लागि अति महत्वपूर्ण मानिने एनडी कोर्ष चीनमा गरेका थिए।

 

त्यस्तै अर्का सहायक रथी नरेश भट्टले अमेरिकाबाट एनडीसी गरेका थिए।  नेपाली सेनामा अमेरिका, बेलायतमा  एनडीसीको अवसर पाउनेलाई चीफको कृपा र आशीर्वाद प्राप्त रथीहरू मानिन्छ।  त्यसपछि भारत र चीन जस्ता देश एनडीसीका लागि राम्रो मानिन्छ।

हाल यूएन फोर्स सुडानमा कार्यरत रहेका सहायक रथी नयनराज दाहाल रिट दिनका लागि नेपाल आएका थिए।  उनी सुदन फर्किसकेको स्रोत बताउछ। सर्बोच्च अदालतको अन्तरिम आदेशका कारण नेपाली सेनाको उपरथी, सहायक रथी, महासेनानी, प्रमुख सेनानीलगायतको पदोन्नति पनि अवरुद्ध हुन् पुगेको छ।

 

नवनियुक्त प्रधान सेनापति थापाको सुरुवाति दिनमै असहज परिस्थिति सिर्जना भएका छन्।  थापाले प्रधान सेनापतिको सुखद अनुभूति गर्नुपर्ने सुरुवाती दिनमै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिकूल अवस्थाहरु सामना गर्नु परिरहेछ।  प्रधान सेनापति थापाले कुर्सी सम्हाल्दानसम्हाल्दै  आलोचनाको भारि बोक्नु र खप्नु परेको छ ।

 

विमस्टेक सैन्य अभ्यास रद्द हुनुको अवगाल, प्रधानसेनापति राजेन्द्र क्षत्रीको उत्ताउलो पाराको  रथयात्रा विदाई,  सर्बोच्च अदालतले अन्तरिम आदेशले बढुवा रोक्का, सुरुवाती दिनका मुख्य समस्याका रुपमा देखा परेका छन्।  साँधुबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...