निर्मला हत्या प्रकरण : प्रहरीले मुख्यअभियुक्त भनेका दिलिप छुटे, बम दिदीबहिनी पनि रिहा



हाम्रो इकोनोमि

कञ्चनपुरको भीमदत्तनगरकी–१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारमा संलग्न भनेर प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट रिहा भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले बिष्टलाई जमानी जिम्मा तथा साधारण तारेखमा रिहा गर्न आदेश दिएको प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए । उनका अनुसार बम दिदिबहिनीलाई पनि रिहा गरिएको छ । बहिनी रोशनीलाई जिम्मा जमानी र दिदि बबितालाई ३० हजार धरौटीमा छोडिएको उनले जानकारी दिए ।

यस्तै, सरकारी वकिल कार्यालयले निर्मलाको डिएनएको प्रोफाइल तयार भएको जनाएको छ । निर्मलाको डिएनएसँग दिलिपसिंह बिष्टको डिएनएसँग म्याच खाएन, सरकारी वकिल खेमराज भट्टले भने, ‘त्यही भएर उनलाई हिरासतमुक्त गर्ने निर्णय भएको हो ।’

घटनाको २४ दिनपछि भदौ ४ गते प्रहरीले दिलिसिंह बिष्ट नै घटनाको मुख्य अभियुक्त भनेर पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यो बेला प्रहरीले दिलिप मानसिक सन्तुलन ठिक नभएको समेत भनेको थियो ।

उनको डिएनए र मानसिक अवस्था जाँच गर्न प्रहरीले दुई हप्ता भन्दा बढी काठमाडौंमा राख्यो । अन्ततः उनको डिएनए मेल खाएन । घटनाको अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्ट र डिएसपी अंगुर जिसी निलम्बनमा परेका छन् । गृहमन्त्रालयले बनाएको छानविन समिति उनीहरुको बयान लिईरहेको छ ।

समितिका एक सदस्यले राजीनामा दिएका छन् । गएको साउन १० गते घरबाट साथीको घरमा पढ्न गएकी निर्मलाको भोलिपल्ट साउन ११ गते बम दिदीबहिनीको घरबाट ६ सय मिटर पर उखुबारीमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...