पहिरोका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध



 

 

प्रदेश-१ मा पर्ने खोटाङ,ओखलढुंगा र सोलुखुम्बुलाई तराईका जिल्लासँग जोड्ने सिद्धिचरण लोकमार्ग पहिरोले अवरुद्ध बनेको छ।

 

सिरहाको मिर्चैया हुँदै उदयपुरको कटारी नगरपालिका भएर तीन जिल्ला जोड्ने लोकमार्गमा पर्ने कटारी नगरपालिका-८ सिरिसे पट्ना भनज्याङमा पहिरो गएपछि अवरुद्ध भएको सडक डिभिजन कार्यालय लाहानले जानकारी दिएकाे छ।

 

सडक डिभिजन कार्यालय लाहानका प्रमुख इन्जिनियर रामकुमार देवले अविरल वर्षापछि सोमबार बेलुकी उदयपुरको कटारी नगरपालिका-८ को सिरिसेमा पहिलो गएर अवरुद्ध भएको बताए।

 

‘सडकमा पहिलो गएपछि अवरुद्ध भएको छ,’ उनले भने,‘अहिले स्काभेटर, डोजर पठाइसकेका छौं।आज रातीसम्म खोल्ने छौं।’

 

सडक सञ्चालनको लागि सडक विभागलाई जानकारी गराई सडक खोल्ने प्रयास गरिए पनि अहिले खुल्ने सम्भावना नरहेको वडा ८ का अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए।

 

‘सिरिसेको पट्ना भन्ज्याङ क्षेत्रमा पनि पहिरोको जोखिम बढेको छ,’ उनले भने,‘सोही क्षेत्रमा लोकमार्ग पर्छ। अनुगमन गरेर मात्रै सवारी साधन पठाउन इलाका प्रहरी कार्यालय कटारीलाई जानकारी गराएका छौं।’

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्