पहिरोका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध



हाम्रो इकोनोमि

 

 

प्रदेश-१ मा पर्ने खोटाङ,ओखलढुंगा र सोलुखुम्बुलाई तराईका जिल्लासँग जोड्ने सिद्धिचरण लोकमार्ग पहिरोले अवरुद्ध बनेको छ।

 

सिरहाको मिर्चैया हुँदै उदयपुरको कटारी नगरपालिका भएर तीन जिल्ला जोड्ने लोकमार्गमा पर्ने कटारी नगरपालिका-८ सिरिसे पट्ना भनज्याङमा पहिरो गएपछि अवरुद्ध भएको सडक डिभिजन कार्यालय लाहानले जानकारी दिएकाे छ।

 

सडक डिभिजन कार्यालय लाहानका प्रमुख इन्जिनियर रामकुमार देवले अविरल वर्षापछि सोमबार बेलुकी उदयपुरको कटारी नगरपालिका-८ को सिरिसेमा पहिलो गएर अवरुद्ध भएको बताए।

 

‘सडकमा पहिलो गएपछि अवरुद्ध भएको छ,’ उनले भने,‘अहिले स्काभेटर, डोजर पठाइसकेका छौं।आज रातीसम्म खोल्ने छौं।’

 

सडक सञ्चालनको लागि सडक विभागलाई जानकारी गराई सडक खोल्ने प्रयास गरिए पनि अहिले खुल्ने सम्भावना नरहेको वडा ८ का अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए।

 

‘सिरिसेको पट्ना भन्ज्याङ क्षेत्रमा पनि पहिरोको जोखिम बढेको छ,’ उनले भने,‘सोही क्षेत्रमा लोकमार्ग पर्छ। अनुगमन गरेर मात्रै सवारी साधन पठाउन इलाका प्रहरी कार्यालय कटारीलाई जानकारी गराएका छौं।’

 

प्रतिक्रिया दिनुहोस
चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...