भारतको तेलंगनामा बस दुर्घटना, ४५ को मृत्यु



हाम्रो इकोनोमि

 

भारतको तेलंगना राज्यको जगतियालमा यात्रुबस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। कोन्डागट्टु घाट नजिकै तेलंगाना राज्य वरिवहन निगमको बस पल्टिएको हो।

 

उक्त दुर्घटनामा अन्य धेरै घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बस ब्रेक फेल भएर दुर्घटना भएको हो।

 

घटनास्थलमा अहिले प्रहरी प्रशासन पुगेर उद्धार कार्य सुरु गरेको सञ्चार माध्यमले जनाएका छन्। जगतियालका प्रहरी अधिकृत सिंधु शर्माले उक्त घटनामा ४५ जनाको मृत्यु भएको पुष्टे गरेकी छन्।

 

‘अहिलेसम्म ४५ जनाको मृत्यु भएको छ। घाइतेलाई नजिकका सरकारी अस्पतालमा पुर्‍याइएको छ’, उनले भनिन्। समाचारमा जनाइएअनुसार तेलंगाना राज्य सडक परिवहन निगमको उक्त बसमा ६२ जना यात्रु सवारी थिए।

 

कोन्डागुट्टको हनुमान मन्दिरबाट जगतियाल जाँदै गरेको बस घुम्तिमा मोड्दै गर्दा दुर्घटनामा परेको हो। मुख्यमन्त्री के चन्द्रशेखर रावले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्।

 

उनले घाइतेहरूको उपचारमा कुनै कसुर नछोड्न स्थानीय अधिकार तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रदेश सरकारले उक्त घटनामा मारिएकाका आफन्तलाई पाँच लाख क्षतिपूर्ति दिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....