नेपाल एयरलाइन्सको जहाज दुवई उड्नु पर्ने मलेशिया पुगेपछि…..



हाम्रो इकोनोमि

 

नेपाल एयरलाइन्स व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै दर्जनौं कर्मचारीले राजनीनामा दिइरहेकै बेला एयरलाइन्सले अर्को हाँसो उठाउने कार्य बाहिरिएको छ ।

 

 

यो हाँसउठ्दो कुरा हो एकातिर पुग्नुपर्ने जहाज अर्कोतिर पुग्नु । एयरलाइन्सको विमान आइतबार राति संयुक्त अरब इमिएट्स (युएई) उड्नुपर्ने सेड्युल थियो । तर, एकाएक निगम व्यवस्थापनले सो उडान रद्द गरेर सोमबार बिहान मलेशियाको राजधानी क्वालालम्पुरका लागि उडाए ।

 

निगमका एक उच्च अधिकारीका अनुसार एक आईएनजीओको मलेशियामा हुन लागेको कार्यक्रमका लागि दुबई उड्न लागेको विमानको तालिका रद्द गरेर मलेसियातर्फ उडाइएको हो । उनका अनुसार सो कार्यक्रममा भाग लिन निगमकै कर्पोरेट विभागका निर्देशक रवीन्द्र श्रेष्ठ र कमर्सिलय विभागका निर्देशक गोपाल जोशी समेत मलेशिया पुगेका छन् । उनीहरु बाहेक सो टोलीमा अरु ३५ जना पनि रहेको बताइएको छ ।

 

१५८ सिट क्षमताको न्यारो बडी एयर बस विमानमा आयोजक टोलीबाहेक अन्य ६५ जना गरी कूल १०२ जना टिकट काटेका थिए । सोमबार बिहान काठमाडौंबाट साढे ९ बजे मलेशियाको लागि उडेको सो विमान पी ओल्ट्रा र सुदीप रिजालले उडाएको जनाइएको छ ।

 

उडान रद्द हुँदा यात्रु मर्कामा

पूर्व निर्धारित तालिकाअनुसार विमान दुबई नउडेर मलेशियाका लागि उडेपछि नेपाल र मलेशियातर्फका २२० जनाको हाराहारीमा रहेका यात्रुहरु समस्यामा परेका छन् । आइतबार राति दुबईको उडान रद्द भएपछि ६३ यात्रुलाई सिनामंगलको होटलमा राखिएको समाचार स्रोतले जानकारी दिएको छ ।

 

उता दुबईतर्फ पनि यही विमानको टिकट काटेका १५० भन्दा बढी यात्रुलाई स्थानीय होटलमा राखिएको जनाइएको छ । यसरी विमान तालिका अनुसार नउड्दा यात्रुको होटल शुल्क, अपरेशन चार्जलगायत गरी निगमलाई करोडौंको नोक्सान हुन पुगेको छ ।

 

निगम नेतृत्वकै संलग्नतामा उडान रद्द भएको भन्दै निगमका एक अधिकारीले यस विषयमा व्यवस्थापनभित्र नै मतभेद रहेको स्वीकारे । निगमलाई सुधार गरेर अघि बढ्नुपर्ने पक्षका केही सञ्चालक समितका सदस्यले पहिला दुबईको उडान भरेर फर्किएपछि मलेशियाको लागि उडान गर्दा ठीक हुने धारणा राखेका पनि थिए ।

 

प्रतिक्रिया दिनुहोस
लगानीको वातावरण नहुँदा कर्जा विस्तार रोकियो : राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर विगत केही वर्षयताकै न्यून स्तरमा...

कांग्रेस आधिकारिकता विवाद सर्बोच्चको पूर्ण इजलासमा

    नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेशउपर निवर्तमान सभापति शेरबहादुर...

यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...