पोखरामा सेती नदी थुनियो, नदी थुनिएर ताल



 

 

पोखरामा सोमबारदेखिको वर्षाका कारण सेती नदी थुनिएर ताल बनेको छ । लगातारको वर्षाका कारण मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव बढेसँगै सेती नदी थुनिएर ताल बनेको हो ।

पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । पानीको निकास निकै कम मात्रामा भएपछि त्यसलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ठूलो पानी पर्दा प्रत्येक वर्ष सेती नदी थुनिने समस्या हुने गरेको छ । ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ र पानीको निकास सहज नहुँदा ताल बन्ने गरेको छ ।

एकैचोटि खुल्दा वरिपरिको बस्तीमा असर पर्न सक्ने भन्दै प्रहरीले नदी किनार आसपासमा रहेको बस्ती र मानिसहरुलाई सचेत रहन आग्रह गरेको छ । पानिको निकास विस्तारै विस्तारै भइरहेको डिएसपी रविन्द्र गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्