पोखरामा सेती नदी थुनियो, नदी थुनिएर ताल



हाम्रो इकोनोमि

 

 

पोखरामा सोमबारदेखिको वर्षाका कारण सेती नदी थुनिएर ताल बनेको छ । लगातारको वर्षाका कारण मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव बढेसँगै सेती नदी थुनिएर ताल बनेको हो ।

पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । पानीको निकास निकै कम मात्रामा भएपछि त्यसलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । ठूलो पानी पर्दा प्रत्येक वर्ष सेती नदी थुनिने समस्या हुने गरेको छ । ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ र पानीको निकास सहज नहुँदा ताल बन्ने गरेको छ ।

एकैचोटि खुल्दा वरिपरिको बस्तीमा असर पर्न सक्ने भन्दै प्रहरीले नदी किनार आसपासमा रहेको बस्ती र मानिसहरुलाई सचेत रहन आग्रह गरेको छ । पानिको निकास विस्तारै विस्तारै भइरहेको डिएसपी रविन्द्र गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...