आफ्नै साझेदार कपडा व्यवसायीको हत्या आरोपमा पक्राऊ



हाम्रो इकोनोमि

 

 

झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो ।

 

छुरा प्रहार गरेर उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

 

‘कपडा व्यवसाय गर्दै आएका पौडेलको शव भेटिएपछि म आफैं पनि अहिले गौरीगञ्ज आइपुगेको छु’, झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘एक जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, गौरीगञ्जमा उनलाई राखेर अनुसन्धान गरिरहेका छौं ।’

स्रोतका अनुसार पक्राउ पर्नेमा पौडेलका व्यवासयिक साझेदार श्रदाम हुसेन छन् । लेनदेनको विवादमा हुसेनले उनलाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

‘सोमबार रातिदेखि हराएका पौडेल अन्तिम पटक उनै हुसेनलाई भेट्न गएका थिए’, झापा प्रहरीका डिएसपी जितेन्द्र बस्नेत भन्छन्, ‘उनीसँग लिन बाँकी रहेको पैसा दिनलाई बोलाएपछि पौडेल हुसेनलाई भेट्न गएको देखिन्छ ।’

यद्यपि, हालसम्म हुसेनले किन छुरा प्रहार गरे भन्ने विषय खुलिसकेको छैन । बस्नेत भन्छन्, ‘अनुसन्धान जारी छ । चाँडै तथ्य सार्वजनिक हुन्छ ।’

प्रहरीले पौडेलको शव भेटिएको ठाउँमा अपराधमा प्रयोग भएको छुरा, मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल लगायतका सागम्री पनि फेला पारेको छ ।

प्रारम्भमा पौडेलको अपहरण भएको प्रहरीले सूचना पाए पनि घटनाक्रमले उनको अपहरण भएको संकेत नदेखाएको एक अनुसन्धान अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...