विमस्टेक सैन्य अभ्यासबाट नेपाल बाहिरिएकोमा भारत असन्तुष्ट



हाम्रो इकोनोमि

 

 

पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकमात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार बाहिर आएको छ ।

 

एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको थियो ।

 

विमस्टेकका सदस्य राष्ट्रहरुको सेना अधिकारीहरुको सहभागी रहने अभ्यास सोमबारबाट पुणेमा शुरु भयो ।

 

भारतीय अंग्रेजी पत्रिका द हिन्दुस्तान टाइम्सले यो विषयका जानकार एक व्यक्तिको हवाला दिँदै नयाँ दिल्लीले काठमाडौँको निर्णय अनुपयुक्त भएको ठानेको र रद्द गर्न भनिएको ‘आन्तरिक राजनीतिको दबाब’ ‘चित्त बुझ्दो’ नभएको मानेको लेखेको छ ।

 

साथै, ती जानकारलाई उद्धृत गर्दै नेपालले शुक्रबार सैन्य अभ्यासमा सहभागी नहुने भनेर दिएको जानकारीले भारत र क्षेत्रीय समूहलाई ‘लाजमर्दो अवस्था’ मा पु¥याएको बताएको पत्रिकाले लेखेको छ ।

 

तथापि हालसम्म आधिकारिक रुपमा न भारतको विदेश मन्त्रालय न त रक्षा मन्त्रालयले नै नेपालले सैन्य अभ्यासमा पूर्ण सहभागिता नहुने कुरामा टिप्पणी गरेको छन् ।

पत्रिकाले नाम उल्लेख गर्न नचाहने एक भारतीय सरकारी अधिकारीले सहभागिता पूर्णत सहभागी देशको सुविधाको आधारमा हुने बताएको जनाएको छ ।

 

गत शुक्रबार नेपालका प्रधानमन्त्री केपी ओलीले काठमाडौँस्थीत भारतीय राजदुत मन्जीभ सिंह पुरीलाई बोलाएर नेपाल सैन्य अभ्यासमा सहभागि हुन असमर्थ रहेको बताएका थिए । ओलीले ‘आन्तरिक राजनीतिक दबाब’लाई रद्दको कारण बताएको उल्लेख गरिएको छ ।

 

अघिल्लो हप्ता काठमाडौँमा आयोजना भएको विमस्टेक सम्मेलनको समापनको क्रममा सैन्य अभ्यासमा सहभागि हुन नेपाल सहमत भएको खबर आए लगतै नेपालको मिडिया तथा राजनीतिक वृतमा यसको व्यापक आलोचना भएको थियो ।

 

पत्रिकासँग कुरा गर्ने व्यक्तिले सम्मेलनका क्रममा मोदीले सार्वजनिक रुपमै घोषणा गरेको सैन्य अभ्यासको कार्यक्रममा सहमति जनाएको नेपाल अचानक बाहिरिँदा भारतलाई लाजमर्दो अवस्थामा पुर्याएको बताएका छन् । नेपालमा दुई तिहाईको बलियो सरकार भएको बेला आन्तरिक राजनीतिक दबाबका कारण मात्र सरकार पछि हट्नु परेको कुरामा भारतले विश्वास गर्न नसकेको बताएको छ ।

 

संविधान जारी गर्ने समयमा मधेशमा भएको असन्तुष्टि तथा विरोध आन्दोलन र त्यसमा भारतको मौन सहमतिपछि काठमाडौँ र दिल्लीबीच चिसिएको सम्बन्ध पछिल्लो समय तीब्र गतिमा सुधार हुँदै गरेको अवस्थामा यो घटना भएको हो ।

 

नाम उल्लेख गर्न नचाहने नेपालका लागि एक पूर्व भारतीय राजदुतले भनेका छन्, “यसले कुनै क्षति निम्त्याउने छैन । तर कुटनीतिमा विश्वासको कमी विस्तारै निर्माण हुन्छ । केही दिनभित्र भएका घटनाहरुलाई मात्रै हेर्नुस् त ।

 

एकातर्फ नेपालले चीनसँग थप प्रोटोकलमा हस्ताक्षर गरेर चीनको बन्दरगाहहरुसम्म पहुँच पायो । अर्को तर्फ भारतमै हुन लागेको सैन्य अभ्यासमा सहभागी हुन अस्वीकार ग¥यो । यो राम्रो संकेत होइन ।”

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....