४० रोपनी जग्गा अर्कैको नाममा पास गराउने नापी कार्यालय तीन कर्मचारी प्रक्राउ



हाम्रो इकोनोमि

 

बुढानिलकण्ठ नगरपालिकामा जग्गाधनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा प्रहरीले नापी कार्यालयका एक अधिकृतसहित तीन जनालाई प्रक्राउ गरेको छ । नापी कार्यालय चावहिलका अधिकृत सहित तीन जनाले नगरपालिकामा पर्ने ४० रोपनी जग्गा अर्कैको नाममा पास गरेको अभियोग प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

नक्कली स्रेस्ता तयार पारी ४० रोपनी जग्गा विक्री गरेको अभियोगमा चाबहिल नापी कार्यालयका मालपोत अधिकृत खगेन्द्रप्रसाद, नासु रञ्जन कुमार र नासु जमुना कुमारीलाई आज विहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामाले जानकारी दिनुभयो ।

 

चन्दन विष्ठ कायस्थको नाममा रहेको ४० रोपनी जग्गाको स्रेस्ता रुजु गर्ने, नक्कली स्रस्ता तयार गर्ने, लिखतमा मोठ पुर्‍याउने र लिखत पास गर्न उनीहरूको भूमिका रहेको प्रहरीको दावी रहेको छ । यही प्रकरणमा प्रहरीले यसअघि जग्गा किन्ने र विक्रीमा संलग्न गरी पाँचजनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका सबैजनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

वरिष्ठतम् न्यायाधिश जोशीको पेशी तोकिएन

लामो समयको विदापछि आजबाट नियमति काममा फर्किएका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको पेशी तोकिएको छैन । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस गरेका जोशीको नाम अस्विकृत गरेपछि उहा विदामा बस्नु भएको थियो । ३९ दिनसम्म विदा बसेर आज उहा नियमित काममा फर्कनु भएको हो ।

 

नवनियुक्त प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले आजका लागि १० वटा पेशी तोक्नु भएको छ । जसमा जोशीको नाम कुनै पनि बेन्चमा उल्लेख छैन । न्यायाधिश प्रकाशमान सिंह राउतलाई मात्र एकल इजलास दिएको छ । मिश्र स्वयम पनि एक सयुक्त इजलासमा बस्ने गरी पेशी तोकिएको छ ।

 

आफ्नो पेशी नतोकिएको विषयबारे जोशीले भने इजलाशमा मेच व्यवस्थापन नभएको हुनसक्ने बताउनु भएको छ । हिजो प्रधानन्यायाधिशमा मिश्रले सपथ लिएपछि उहाको स्वागत गर्न सर्वोच्च अदालत पुग्नु भएका जोशीले अदालतमा अब कोही सिनियर जुनिएर नहुने प्रतिक्रिया दिनु भएको थियो । साथै उहाले मंगलबारबाट नियमित काममा फर्कने समेत बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...